सीपीसीद्वारा विज्ञप्ति जारी
2024-07-18 19:46:54cri
Share with:

आज १८ तारिख चिनिया कम्युनिष्टले बीसौं केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकको विज्ञप्ति जारी गर्दै अझ सम्पूर्ण रूपमा सुधारलाई गहन पार्ने र चिनियाँ शैलीको आधुनिकीकरणलाई अघि बढाउने विषयको रणनीतिक तर्जुमा गरेको छ।

 

विज्ञप्तिमा भनिएको छ: जुलाई १५ देखि १८ तारिखसम्म पैचिङमा आयोजित चिनियाँ कम्युनिष्ट पार्टीको बीसौं केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकले व्यापक रूपमा सुधारको सफल अभ्यास र महान उपलब्धिहरूको उच्च मूल्याङ्कन गरेको छ। त्यसले के ठहर गरेको छ भने वर्तमान र आगामी अवधि नै चिनियाँ शैलीको आधुनिकीकरणको आधारमा सशक्त राष्ट्र निर्माण र चीन राष्ट्रको पुनरुत्थान भन्ने महान कार्यलाई सम्पूर्ण रूपमा अघि बढाउनका लागि ज्यादै महत्वपूर्ण अवधि रहेको छ।

सुधार र खुलापन चीनको एउटा आधारभुत राष्ट्रिय नीति हो। सी चिनफिङले त्यसलाई चीन ठूलो पाइलामा युग दौड्ने महत्वपूर्ण साधन हुनुका साथै चिनियाँ शैलीको आधुनिकीकरण सफल हुनेछ कि छैन भन्ने निर्णय गरिने मुख्य उपाय रहेको भन्ठान्नुभयो। बाह्य जगतका अनुसार, यस पटकको पूर्ण बैठकले अवश्य नै नयाँ कोसे ढुङ्गा बनेछ र त्यसले चीनको दीर्घकालीन विकासका लागि दिशा देखाउनेछ।