“सी चिनफिङको चयन कार्य” पहिलो र दोस्रो खण्डसँगै “सी चिनफिङको चिनियाँ शैली आधुनिकिकरणका लागि सिद्धान्तको सम्पादकीय खण्ड” हङकङमा पुस्तक प्रदर्शनीमा
2024-07-18 13:54:39CRI
Share with:

चिनियाँ परम्परागत् संस्करणको “सी चिनफिङको चयन कार्य” को पहिलो र दोस्रो खण्डहरूको चिनियाँ परम्परागत संस्करण र “सी चिनफिङ चिनियाँ शैली आधुनिकीकरणको लागि सिद्धान्तको सम्पादकीय खण्ड” हिजोआज संयुक्त प्रकाशित ग्रुपले प्रकाशित गरेको छ। जुलाई १७ तारिखमा, हङकङ पुस्तक प्रदर्शन सुरु भएको पहिलो दिनमा उक्त पुस्तकहरूको प्रकाशित सम्मेलन तथा गोष्ठी आयोजना गरिएको छ।

ती पुस्तकहरूको चिनियाँ परम्परागत संस्करणको प्रकाशनबाट हङकङ र मकाउका भावकहरूले सी चिनफिङ नयाँ युगमा चिनियाँ विशेषतायुक्त समाजवादी विचारधारालाई व्यवस्थित रूपमा बुझ्न सक्छन् र चिनियाँ शैलीको आधुनिकीकरणको सिद्धान्त र कार्यान्वयन गर्ने मागलाई पनि बुझ्न सक्छन्।

हङकङ विशेष प्रशासनिक क्षेत्रका प्रमुख ली चिआ चाओ, हङकङस्थित चिनियाँ केन्द्रीय सरकारको सम्पर्क कार्यालयका सदस्यहरू, देशभक्त हङकङ संस्थाहरू र राजनीतिक संघका तथा प्रकाशन क्षेत्रका प्रतिनिधिहरू सो सम्मेलनमा सहभागी हुनुभएको छ। चिनियाँ परम्परागत संस्करणको तीन वटा पुस्तकहरू सोही दिनदेखि हङकङ र मकाउमा रहेका विभिन्न पुस्तक पसलहरूमा बिक्री गरिँदैछ।