चिनियाँ कम्युनिष्ट पार्टीको बीसौं केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकको विज्ञप्ति
2024-07-18 18:56:47cri
Share with:

चिनियाँ कम्युनिष्ट पार्टीको बीसौं केन्द्रीय समितिको तेस्रो पूर्ण बैठक २०२४ जुलाई १५ देखि १८ तारिखसम्म पैचिङमा सम्पन्न भएको छ।

 

पूर्ण बैठकमा केन्द्रीय समितिका १९९ जना सदस्य र केन्द्रीय समितिका थप १६५ जना उम्मेदवार सदस्यहरूको सहभागिता रहेको छ। केन्द्रीय अनुशासन निरीक्षण आयोगको स्थायी समितिका सदस्यहरू र सम्बन्धित विभागका जिम्मेवार व्यक्तिहरू पनि बैठकमा सहभागी भएका छन्। पार्टीको बीसौं महाधिवेशनका केही आधारभूत तहका कमरेडहरू र विद्वान-विशेषज्ञहरू पनि बैठकमा सहभागी भएका छन्।

 

पूर्ण बैठक केन्द्रीय समितिको राजनीतिक ब्यूरोद्वारा अध्यक्षता गरिएको छ भने केन्द्रीय समितिका महासचिव सी चिनफिङले महत्वपूर्ण सम्बोधन गर्नुभएको छ।

 

पूर्ण बैठकले बीसौं केन्द्रीय समितिको दोस्रो पूर्ण बैठकयता केन्द्रीय राजनीतिक ब्यूरोको कामको पूर्ण रूपमा प्रशंसा गरेको छ। बैठकले एकमतका साथ के ठहर गरेको छ भने गम्भीर र जटिल अन्तर्राष्ट्रिय वातावरण र देशको कठिन तथा बोझिलो सुधार विकास र स्थिरता कार्यभारको सामना गर्दै केन्द्रीय राजनीतिक ब्यूरोले पार्टीको बीसौं महाधिवेशन र बीसौं केन्द्रीय समितिको पहिलो र दोस्रो पूर्ण बैठकको भावनालाई निष्ठापूर्वक कार्यान्वयन गर्दै आएको छ। साथै नयाँ विकास अवधारणालाई पूर्ण, सही र व्यापक रूपमा पालना गर्ने, जोडतोडसँग उच्च गुणस्तरलाई अघि बढाउने, विस्तृत रूपमा सुधारलाई गहन पार्ने , आर्थिक पुनरुत्थानलाई सकारात्मक दिशातर्फ लैजाने  र समाजवादी आधुनिक राष्ट्रको सम्पूर्ण निर्माण गर्ने सन्दर्भमा केन्द्रीय राजनीतिक ब्यूरोले सुदृढ पाइला पनि चालेको छ।

 

पूर्ण बैठकले नयाँ युगको शुरूदेखि व्यापक रूपमा सुधारको सफल अभ्यास र महान उपलब्धिहरूको उच्च मूल्याङ्कन गर्नुका साथै अझ सम्पूर्ण रूपमा  सुधारलाई गहन पार्ने र चिनियाँ शैलीको आधुनिकीकरणलाई अघि बढाउने समस्याहरूको अनुसन्धान पनि गरेको छ। त्यसले के ठहर गरेको छ भने वर्तमान र आगामी अवधि नै चिनियाँ शैलीको आधुनिकीकरणको आधारमा सशक्त राष्ट्र निर्माण र चीन राष्ट्रको पुनरुत्थान भन्ने महान कार्यलाई सम्पूर्ण रूपमा अघि बढाउनका लागि ज्यादै महत्वपूर्ण अवधि रहेको छ।

पूर्ण बैठकले जोड दिएको छ: अझ सम्पूर्ण रूपमा सुधारलाई गहन पार्नका लागि मार्क्सवाद-लेनिनवाद, माओ चतोङ विचारधारा, तङ स्याउफिङ सिद्धान्त, "३ वटा प्रतिनिधि" भन्ने महत्त्वपूर्ण विचारधारा र वैज्ञानिक विकास दृष्टिकोणलाई कायम राख्नुका साथै सी चिनफिङको नयाँ युगमा  चिनियाँ विशेषतायुक्त समाजवादी विचारधारालाई चौतर्फी रूपमा व्यवहारमा उतार्नुपर्छ। यसका अतिरिक्त सम्पूर्ण रूपमा सुधारलाई गहन पार्ने सन्दर्भमा सी चिनफिङले प्रस्तुत गर्नुभएको श्रृङ्खलावद्ध नयाँ विचारधारा, नयाँ दृष्टिकोण र नयाँ निष्कर्षको गहिरो रूपमा अनुसन्धान गर्दै चिनियाँ शैलीको आधुनिकीकरणका लागि बलियो शक्ति र प्रणालीगत सुनिश्चितता प्रदान गर्नुपर्छ।

 

पूर्ण बैठकले के औँल्याएको छ भने थप व्यापक सुधारको कुल लक्ष्य चिनियाँ विशेषतायुक्त समाजवादी व्यवस्थालाई निरन्तर रूपमा पूर्णता दिलाउनु र विकसित पार्नुका साथै राष्ट्रको शासन प्रणाली र शासन क्षमताको आधुनिकीकरणलाई प्रवर्द्धन गर्नु हो भन्ने रहेको छ। सन् २०३५ सम्म, उच्च स्तरीय समाजवादी बजारमूलक अर्थतन्त्र प्रणालीको पूर्ण रूपमा निर्माण हुनेछ,  चिनियाँ विशेषतायुक्त समाजवादी व्यवस्था अझ पूर्णता हुनेछ, राष्ट्रिय शासन प्रणाली र शासन क्षमताको आधुनिकीकरण मोटामोटी रूपमा पूरा हुनेछ र जसले यसै शताब्दीको मध्यकालसम्म सम्पूर्ण रुपमा समाजवादी आधुनिक शक्तिशाली राष्ट्रको निर्माणका लागि बलियो जग बसाल्नेछ।

 

पूर्ण बैठकले थप व्यापक सुधार गर्नका लागि सुधार र खुलापनको आरम्भदेखि विशेषत: नयाँ युगमा सम्पूर्ण सुधारलाई गहन पार्ने क्रममा प्राप्त मूल्यवान अनुभवहरूलाई निचोड निकालेर सदुपयोग गर्नुपर्छ। यसका अतिरिक्त, पार्टीको व्यापक नेतृत्वलाई कायम राख्ने, जनतालाई केन्द्रमा राख्ने, संस्थागत निर्माणलाई मुख्य धागोको रूपमा लिने, कानूनी शासन बमोजिम राष्ट्रको सञ्चालन गर्ने आदि सिद्धान्तलाई अक्षरश: पालना गर्नुपर्छ।

 

पूर्ण बैठकले थप व्यापक सुधारका लागि प्रणालीगत व्यवस्था गर्दै उच्च स्तरको समाजवादी बजारमूलक आर्थिक प्रणालीको निर्माण, उच्च गुणस्तरीय आर्थिक विकासलाई प्रवर्द्धन गर्नुका साथै प्रणाली र संरचनालाई सुधार गर्ने, व्यापक सिर्जनशील व्यवस्थाको निर्माणलाई समर्थन गर्ने विषयमा पनि जोड दिएको छ।

 

पूर्ण बैठकले उच्चस्तरीय समाजवादी बजारमूलक अर्थतन्त्र प्रणाली नै चिनियाँ शैलीको आधुनिकीकरणको महत्वपूर्ण ग्यारेन्टी भएकाले बजार संयन्त्रको भूमिका अझ राम्रोसँग खेलाउने, थप निष्पक्ष र जीवन्त बजारको वातावरण सिर्जना गर्नुपर्ने कुरा पनि जनाएको छ।

 

पूर्ण बैठकमा भनिएको छ: उच्च गुणस्तरीय विकास समाजवादी आधुनिकीकरण राष्ट्रको पूर्ण निर्माणको प्रमुख कार्यभार रहेको छ। शिक्षा, विज्ञान-प्रविधि  र योग्य व्यक्ति नै चिनियाँ शैलीको आधुनिकीकरणका लागि आधारभूत र रणनीतिक समर्थन हुन्। वैज्ञानिक समष्टिगत नियन्त्रण र सरकारको प्रभावकारी शासनले समाजवादी बजारमूलक आर्थिक व्यवस्थाको श्रेष्ठतालाई खेलाउने आन्तरिक माग हो। ग्रामीण क्षेत्र र शहरी समायोजन विकाश चिनियाँ शैलीको आधुनिकीकरणका लागि अपरिहार्य आवश्यकता रहेको छ। खुलापन नै चिनियाँ शैलीको आधुनिकीकरणको स्पष्ट पहिचान हुनुका साथै सम्पूर्ण प्रक्रियामा जनवादी विकास चिनियाँ शैलीको आधुनिकीकरणको मौलिक आवश्यकता रहेको छ। यसबाहेक, कानूनी शासन चिनियाँ शैलीको आधुनिकीकरणको महत्वपूर्ण प्रत्याभुति रहेको छ भने चिनियाँ शैलीको आधुनिकीकरण वास्तवमा भौतिक र मानसिक सभ्यतालाई समेटिएको समन्वयात्मक आधुनिकीकरण रहेको छ।

 

पूर्ण बैठकमा अझ भनिएको छ: विकासको प्रक्रियामा जनजीवनको प्रत्याभूति र सुधार नै चिनियाँ शैलीको आधुनिकीकरणको प्रमुख र महतवपूर्ण कार्यभार रहेको छ। चिनियाँ शैलीको आधुनिकीकरण मानव र प्रकृति बीच मेलमिलापयुक्त र सुमधुर सहअस्तित्वको आधुनिकीकरण नै हो। राष्ट्रिय सुरक्षा चिनियाँ शैलीको आधुनिकीकरण दीर्घकालीन र स्थिर रूपमा विकसित हुँदै जाने महत्वपूर्ण जग पनि हो। राष्ट्रिय प्रतिरक्षा र सैन्य फौजको आधुनिकीकरण नै चिनियाँ शैलीको आधुनिकीकरणको महत्वपूर्ण भाग पनि हो। त्यसैगरी पार्टीको नेतृत्व नै थप व्यापक सुधार र चिनियाँ शैलीको आधुनिकीकरणलाई प्रवर्द्धन गर्ने मूलभूत प्रत्याभूति रहेको कुरामा पनि पूर्ण बैठकले जोड दिएको छ।

 

पूर्ण बैठकमा भनिएको छ: चिनियाँ शैलीको आधुनिकीकरण शान्तिपूर्ण विकास हुने मार्ग अपनाउने आधुनिकीकरण नै हो। स्वतन्त्र र आत्मनिर्भर शान्तिपूर्ण कूटनीतिक नीति दृढतापूर्वक पालना गर्नुपर्छ। साथै राष्ट्रिय सार्वभौमिकता, सुरक्षा र विकासका हितहरूको पनि दृढतापूर्वक संरक्षण गर्नुपर्छ।

 

पूर्ण बैठकले वर्तमान परिस्थिति र कार्यभारको विश्लेषण गर्दै वार्षिक आर्थिक र सामाजिक विकासका लक्ष्यहरूलाई अडानका साथ साकार तुल्याउने कुरामा पनि जोड दिएको छ।

 

पूर्ण बैठकले अझ घनिष्ट रूपमा कमरेड सी चिनफिङ केन्द्र रहनुभएको पार्टी केन्द्रीय समितिको वरिपरि एकताबद्ध भई सुधार र खुलापनको झण्डालाई उठाउँदै हृदय र शक्ति एकीकृत गरी उन्नति र प्रयास गर्न सम्पूर्ण पार्टी, सेना र सबै जातजातिका जनतालाई आह्वान गरेको छ। समाजवादी आधुकिकीकरण सशक्त राष्ट्रको पूर्ण निर्माण गर्न, दोस्रो शताब्दीको प्रयास-लक्ष्यलाई साकार तुल्याउन र  चिनियाँ शैलीको आधुनिकीकरणमार्फत् चीन राष्ट्रको महान पुनरुत्थानलाई पूर्णतया प्रवर्द्धन गर्नका लागि प्रयास र कोसिस गरौँ!