केपी शर्मा ‌ओलीलाई चिनियाँ प्रधानमन्त्रीद्वारा बधाई
2024-07-18 09:46:11cri
Share with:

चीनको राज्य परिषदका प्रधानमन्त्री ली छ्याङले जुलाई १७ तारिख केपी शर्मा ‌ओलीलाई नेपालले प्रधानमन्त्रीको पदभार गहण गर्नु भएकामा बधाई दिनुभएको छ। उहाँका अनुसार चीन र नेपाल पहाड तथा नदीले जोडिएका मैत्रीपूर्ण छिमेकीहरु हुन्। आपसी दौत्य सम्बन्ध स्थापना भएको ६९ वर्षयता दुबै राष्ट्रहरुले सधैँ शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्तलाई कायम राख्दै ठूलो तथा सानो राष्ट्रबीच समान र साझा हित सिर्जना गर्ने नमूना स्थापना गरेका छन्। प्रधानमन्त्री ओलीको साथमा दुबै राष्ट्रका नेताहरुद्वारा गरिएको महत्वपूर्ण सहमतिलाई व्यवहारमा उतार्दै चीन नेपालबीचको उच्च गुणस्तरीय बेल्ट एण्ड रोड निर्माण र विभिन्न क्षेत्रको सहयोगलाई प्रवर्द्धन गर्दै जाने आशा प्रधानमन्त्री लीले बधाईपत्रका उल्लेख गर्नुभएको छ।