सीपीसीद्वारा गैरदलीय सदस्यहरूसँग सुधार र खुलापन बारेमा गोष्ठीको आयोजना
2024-07-19 15:40:46CRI
Share with:

मे २० तारिख चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिले चोङ नान हाइमा पार्टीका सदस्य रनहेका व्यक्तिहरुको गोष्ठी आयोजना भएको थियो। विशेष गरी सीपीसी २० औँ केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकका लागि सुझाव सङ्कलन गर्ने उद्देश्य आयोजित सो गोष्ठीमा चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिले विस्तृत् सुधार गहन बनाउने र चिनियाँ शैलीको आधुनिकीकरणलाई अघि बढाउने निर्णय गर्ने बारेमा विभिन्न लोकतान्त्रिक पार्टीका केन्द्रीय नेताहरू, चीनको अखिल उद्योग तथा वाणिज्य संघका प्रमुख र निर्दलीय व्यक्ति रहेका प्रतिनिधिहरूले सुझाव पेश गरेका थिए।

चिनियाँ कम्युनिष्ट पार्टी केद्रीय समितिका महासचिव सी चिनफिङले सो गोष्ठीको अध्यक्ष गर्नुभएको थियो र महत्वपूर्ण सम्बोधन गर्नुभएको थियो। उहाँको सम्बोधनमा जोड दिँदै चिनियाँ कम्युनिष्टपार्टी केन्द्रीय समितिको राजनीतिक ब्युरोको बैठकले सीपीसीको बीसौँ केन्द्रीय समितिको तेस्रो पूर्ण बैठक आयोजना गर्ने निर्णय थियो। बैठकले विस्तृत सुधार गहन बनाउने र चिनियाँ शैलीको आधुनिकीकरण अघि बढाउने विषयमा अध्ययन गरेर निर्णय गर्ने उल्लेख थियो। नयाँ यात्रामा चिनियाँ कम्युनिष्ट पार्टी र चीनले अहिले सामना गर्ने नयाँ अवस्थाहरू र नयाँ कार्य अनुसार सो निर्णय गरिएको छ। सीपीसीको बीसौँ राष्ट्रिय महाधिवेशनको भावनालाई गहन रूपमा कार्यान्वयन गर्ने र विस्तृत सुधारको गहन रुपमा अघि बढाउन प्रणाली योजनाहरू गर्ने र दोस्रो शताब्दीको प्रयास उद्देश्यका लागि ठोस प्रणाली आधार दिने उद्देश्यहरू रहेका थिए।