सीपीसीको बीसौँ केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकको भावनाको जानकारी तथा व्याख्या सम्बन्धी पत्रकार सम्मेलन
2024-07-19 14:27:46CRI
Share with:

 

चिनियाँ कम्युनिष्ट पार्टी बीसौँ केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकले ‘चिनियाँ कम्युनिष्ट पार्टीद्वारा चौतर्फी सुधारको गहन रुपमा चिनियाँ शैलीको आधुनिकीकरणको बढावा दिने निर्णय प्रस्ताव’ पारित गरेको छ। जुलाई १९ तारिख बिहान चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिले पत्रकार सम्मेलन आयोजना गर्दै उक्त बैठकका बारेमा जानकारी तथा व्याख्या गरेको छ। थाहा भएअनुसार उक्त ‘निर्णय प्रस्ताव’ मा १५ भागका ६० बुँदाहरु छन् भने तीन प्रमुख खण्डहरुमा विभाजित छन्। पहिलो खण्डले मुख्य गरी चौतर्फी सुधारको अघि गहन र चिनियाँ शैलीको आधुनिकीकरणको बढावा सम्बन्धी महत्वपूर्ण भावार्थ र समष्टिगत आग्रहको व्याख्या गर्दछ। दोस्रो खण्डले विभिन्न क्षेत्रका विभिन्न सुधारको चौतर्फी बन्दोबस्त गर्दछ। तेस्रो खण्डले कम्युनिष्ट पार्टीद्वारा सुधारको नेतृत्वलाई बढाउनु र कम्युनिष्ट पार्टीको व्यवस्थित सुधारको गहनलाई जोड दिन्छ।

‘निर्णय प्रस्ताव’ले ३०० भन्दा बढी महत्वपूर्ण सुधारका कदम प्रस्तुत गरेको छ। यसमध्ये बिगतका सुधारका कदमहरुलाई पूर्णता दिलाउने कदमहरु र वास्तविक मागबमोजिम प्रस्तुत नयाँ सुधार कदमहरु समेटिएका छन्।

पत्रकार सम्मेलनमा केन्द्रीय वित्त कार्यालयका उपनिर्देशक तथा केन्द्रीय कृषि कार्यालयका निर्देशक हान वेनस्युले "उक्त निर्णय" मा उच्चस्तरीय समाजवादी बजारमूलक अर्थतन्त्र प्रणाली निर्माण गर्ने कुरालाई स्पष्ट पारिएको छ। "उक्त निर्णय" मा यसरी जोड दिएको छः बजारको संयन्त्रको भूमिकालाई अझ राम्रोसँग खेल्ने, निष्पक्ष र अधिक जीवन्त बजार वातावरणको सिर्जना गर्ने र सम्पूर्ण समाजको आन्तरिक शक्ति र नवीनतालाई प्रोत्साहित गर्ने आवश्यकतामा जोड दिइएको छ। "दुई अविचलित" सिद्धान्तहरूलाई कायम राख्नु तथा कार्यान्वयन गर्नुलाई अघि बढाउँदै स्वामित्वयुक्त विभिन्न रुपका अन्तर्गत अर्थव्यवस्थाहरूको पूरक लाभ र साझा विकासलाई बढाउन आवश्यक छ।

हान वेनस्युले अगाडि भन्नुभयोः हाल, चीनको अर्थव्यवस्थाले सकारात्मक उर्ध्वगामी प्रवृत्ति कायम राखिरहेको छ र उच्च गुणस्तरीय विकासलाई ठोस रूपमा बढाइरहेको छ। मुख्य समष्टिगत सूचकहरू अपेक्षा अनुरूप छन्। तर केही कठिन चुनौतीहरूको पनि सामना गरिरहेका छन्। आगामी दिनमा, समष्टिगत आर्थिक नियमन र नियन्त्रण नीतिलाई अझ प्रभावकारी रुपमा कार्यान्वयन गर्न आवश्यक छ र जनता तथा उद्यमहरूको पहुँचभित्र रहेका सुधारहरूलाई ठोस रूपमा बढाउन आवश्यक छ।

पत्रकार सम्मेलनमा शिक्षा मन्त्री हुवाई चिनफङले जानकारी दिँदै भन्नुभयोः चीनका विभिन्न तहमा शिक्षाको लोकप्रियता मध्यम र उच्च आय भएका मुलुकहरूको औसत स्तरमा पुगेको वा नाघेको छ। उच्च शिक्षाको कूल भर्ना दर ६० प्रतिशत नाघेर विश्वले मान्यता दिएको लोकप्रियताको चरणमा प्रवेश भएको छ। उच्च शिक्षा प्राप्त गर्नेको संख्या २५ करोड पुगेको छ । साथै चीन सफलतापूर्वक नवीन ढाँचाका देशहरूको सूचीमा प्रवेश भएको छ।

जुलाई १९ बिहान आयोजित पत्रकार सम्मेलनमा केन्द्रीय सुधार कार्यालयका उपनिर्देशक मु होङले भन्नुभयोः "उक्त निर्णय" नयाँ ऐतिहासिक सुरुआत बिन्दुमा उभिएको छ र चौतर्फी रूपमा सुधारलाई अझ गहन बनाउने समग्र लक्ष्यलाई स्पष्ट पारिएको छ। चिनियाँ विशेषतायुक्त समाजवादी प्रणालीलाई सुधार र विकास हुँदै जाने छ र राष्ट्रिय शासन प्रणाली तथा शासन क्षमताको आधुनिकीकरणलाई बढाइने छ। सन् २०३५ सम्ममा चौतर्फी रूपमा उच्चस्तरीय समाजवादी बजारमूलक अर्थतन्त्रको निर्माण पूरा गर्ने छ र चिनियाँ विशेषतायुक्त समाजवादी प्रणालीलाई अझ सुधार गर्नेछ। मूलतः राष्ट्रिय शासन प्रणाली र शासन क्षमतालाई आधुनिकीकरण गर्नेछ र मूलतः समाजवादी आधुनिकीकरणको अनुभूति गर्ने छ। यस शताब्दीको मध्यसम्ममा चीनलाई चौतर्फी रुपमा महान् आधुनिक समाजवादी मुलुकका रूपमा निर्माण गर्नको लागि बलियो जग बसाल्न सकिने छ।