चिनियाँ कम्युनिष्ट पार्टी बीसौँ केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकले ‘चिनियाँ कम्युनिष्ट पार्टीद्वारा तौतर्फी सुधारको गहन रुपमा चिनियाँ शैलीको आधुनिकीकरणको बढावा दिने निर्णय प्रस्ताव’ पारित गरेको छ। जुलाई १९ तारिख विहान चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिले पत्रकार सम्मेलन आयोजना गर्दै उक्त बैठकको भावनाको जानकारी तथा व्याख्या गरेको छ। थाहा भएअनुसार उक्त ‘निर्णय प्रस्ताव’ मा १५ भागका ६० बुँदाहरु छन् भने तीन प्रमुख खण्डहरुमा विभाजित छन्। पहिलो खण्डले मुख्य गरी चौतर्फी सुधारको अघि गहन र चिनियाँ शैलीको आधुनिकीकरणको बढावा सम्बन्धी महत्वपूर्ण भावार्थ र समष्टिगत आग्रहको विस्तृत गर्दछ। दोस्रो खण्डले विभिन्न क्षेत्रका विभिन्न सुधारको चौतर्फी बन्दोबस्त गर्दछ। तेस्रो खण्डले कम्युनिष्ट पार्टीद्वारा सुधारको नेतृत्वलाई बढाउनु र कम्युनिष्ट पार्टीको व्यवस्थित सुधारको गहनलाई जोड दिन्छ।
‘निर्णय प्रस्ताव’ले ३०० भन्दा बढी महत्वपूर्ण सुधारका कदम प्रस्तुत गरेको छ। यसमध्ये बिगतका सुधारका कदमहरुलाई पूर्णता दिलाउने कदमहरु र वास्तविक मागबमोजिम प्रस्तुत नयाँ सुधार कदमहरु समेटिएका छन्।


