चीन उप परराष्ट्र मन्त्री मा चाउ स्यु द्विपक्षीय वार्ता गर्न जापान र दक्षिण कोरिया जाने
2024-07-19 18:37:41cri
Share with:

जुलाई १९ तारिख चीन परराष्ट्र मन्त्रालयका प्रवक्ता लिन च्यानले नियमित पत्रकार सम्मेलनको आयोजना गर्नुभयो। लिन च्यानले जापानका विदेश मामिला उप मन्त्री मासाकी ओकानो र दक्षिण कोरियाका प्रथम मन्त्री मासाकी ओकानोको निमन्त्रणामा उप-परराष्ट्रमन्त्री मा चाउ स्यु जुलाई २१ देखि २५ तारिखसम्म बेग्लाबेग्लै रूपमा टोकियो, जापान र दक्षिण कोरियाको सियोलमा १६औं चरणको चीन-जापान रणनीतिक वार्ता र चीन-दक्षिण कोरिया विदेश मन्त्रालयबीचको दसौं चरणको उच्च रणनीतिक वार्तामा सहभागी हुन जाने जानकारी दिनुभयो।

 

सो वार्तामा दुई पक्षले द्विपक्षीय सम्बन्ध र साझा महत्व दिइएका अन्तर्राष्ट्रिय तथा क्षेत्रीय मुद्दाहरूमा गहन वैचारिक आदान-प्रदान गर्ने योजना छ। वार्तामार्फत सञ्चारलाई बढाने र सहयोग प्रवर्द्धन गर्ने साथै चीन-जापान तथा चीन-दक्षिण कोरिया सम्बन्धको स्वस्थ र स्थिर विकासको प्रवर्द्धन गर्ने आशा चीनले राखेको छ।