जापानद्वारा "थाइवान स्वतन्त्रता" पृथकतावादी शक्तिहरूलाई समर्थन गर्ने कुरामा चीनको आपत्ति
2024-07-19 18:40:48cri
Share with:

थाइवानको गस्ती जहाज "गस्ती ना.९"ले र जापान कोस्ट गार्डको विमान बोक्ने गस्ती जहाज "सागामी"सँगसँगै जुलाई १८ तारिख जापानको चिबा जिल्ला प्रायद्वीपको दक्षिणी छेउ र इजु ओशिमा नजिकको समुद्री क्षेत्रमा संयुक्त अभ्यास गरेको थियो।

 

जुलाई १९ तारिख चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता लिन च्यानले नियमित पत्रकार सम्मेलनको अध्यक्षता गर्दै जापानद्वारा चीनको थाइवानसँगको संयुक्त सामुद्रिक तालिमको कार्यान्वयनप्रति कडा असन्तुष्टी जनाउँदै दृढतापूर्वक विरोध र जापानसमक्ष कडा प्रतिवेदन पेश गरेको कुरा बताउनुभयो।

 

प्रवक्ता लिन च्यानले भन्नुभयो, “हामीले जापानलाई एक चीन सिद्धान्त र चीन-जापानबीचको चार राजनीतिक दस्तावेजको मर्मलाई पालना गर्न, आफ्ना गल्तीहरू तुरुन्त सच्याउन, “थाइवान स्वतन्त्रता” पृथकतावादी शक्तिहरूलाई कुनै कसिमको समर्थन पनि नदिन र निम्त्याउनबाट जोगिन आग्रह गर्छौं। थाइवानको शान्ति र स्थिरता साथै चीन-जापानबीच सम्बन्धमा कुनै हस्तक्षेप नगर्नु।”