चिनियाँ कम्युनिष्ट पार्टी बीसौं केन्द्रीय समितिको तेस्रो पूर्ण बैठक सम्पन्न
2024-07-19 15:29:56CRI
Share with:

चिनियाँ कम्युनिष्ट पार्टी बीसौं केन्द्रीय समितिको तेस्रो पूर्ण बैठक यही जुलाई १५ देखि १८ तारिखसम्म पैचिङमा सम्पन्न भएको छ।

 

केन्द्रीय समितिका १९९ सदस्य र वैकल्पिक १६५ सदस्यहरू सहभागी रहेको यस बैठकमा अन्य केही महत्वपूर्ण र विशेषज्ञ व्यक्तिहरु आमन्त्रित रुपमा सहभागी थिए। बैठकको अध्यक्षता केन्द्रीय समितिको राजनीतिक ब्यूरोले गरको थियो भने केन्द्रीय समितिका महासचिव सी चिनफिङले बैठकलाई महत्वपूर्ण सम्बोधन गर्नुभयो।

 

यस बैठकले नयाँ युगको शुरूदेखि व्यापक रूपमा सुधारको सफल अभ्यास र महान उपलब्धिहरूको उच्च मूल्याङ्कन गर्नुका साथै अझ सम्पूर्ण रूपमा सुधारलाई गहन पार्ने र चिनियाँ शैलीको आधुनिकीकरणलाई अघि बढाउन क्रममा देखिएका समस्याहरूको अनुसन्धान पनि गरेको छ

 

तेस्रो पूर्ण बैठकले थप व्यापक सुधारको कुल लक्ष्य चिनियाँ विशेषतायुक्त समाजवादी व्यवस्थालाई निरन्तर रूपमा पूर्णता दिलाउँदै विकसित पार्नुका साथै राष्ट्रको शासन प्रणाली र शासन क्षमताको आधुनिकीकरणलाई प्रवर्द्धन गर्ने ठहर गरेको छ। यही नीतिमा चीन सन् २०३५ सम्म, उच्चस्तरीय समाजवादी बजारमूलक अर्थतन्त्र प्रणालीको पूर्ण रूपमा निर्माण हुने, चिनियाँ विशेषतायुक्त समाजवादी व्यवस्था अझ पूर्णता हुने, राष्ट्रिय शासन प्रणाली र शासन क्षमताको आधुनिकीकरण मोटामोटी रूपमा पूरा हुने र यसै शताब्दीको मध्यकालसम्म सम्पूर्ण रुपमा समाजवादी आधुनिक शक्तिशाली राष्ट्रका विकसित हुनेछ।

 

पार्टीको व्यापक नेतृत्वलाई कायम राख्ने, जनतालाई केन्द्रमा राख्ने, संस्थागत निर्माणलाई मियोका रूपमा लिने, कानी शासन बमोजिम राष्ट्रको सञ्चालन गर्ने आदि सिद्धान्तलाई अक्षरश: पालना गर्नुपर्ने कुरामा बैठकले जोड दिएको छ।

 

बैठकले उच्चस्तरीय समाजवादी बजारमूलक अर्थतन्त्र प्रणाली नै चिनियाँ शैलीको आधुनिकीकरणको महत्वपूर्ण ग्यारेन्टी भएकाले बजार संयन्त्रको भूमिका अझ राम्रोसँग खेलाउने, थप निष्पक्ष र जीवन्त बजारको वातावरण सिर्जना गर्नुपर्ने जनाएको छ।

 

विकासको प्रक्रियामा जनजीवनको प्रत्याभूति र सुधार नै चिनियाँ शैलीको आधुनिकीकरणको प्रमुख र महत्वपूर्ण कार्यभार रहेको बैठकले किटान गरेको छ। चिनियाँ शैलीको आधुनिकीकरण मानव र प्रकृतिबीच मेलमिलापयुक्त र सुमधुर सहअस्तित्वको आधुनिकीकरण हो। राष्ट्रिय सुरक्षा चिनियाँ शैलीको आधुनिकीकरण दीर्घकालीन स्थिर रूपमा विकसित हुँदै जाने महत्वपूर्ण जग पनि हो। राष्ट्रिय प्रतिरक्षा र सैन्य फौजको आधुनिकीकरण नै चिनियाँ शैलीको आधुनिकीकरणको महत्वपूर्ण भाग हो। पार्टीको नेतृत्व थप व्यापक सुधार र चिनियाँ शैलीको आधुनिकीकरणलाई प्रवर्द्धन गर्ने मूलभूत प्रत्याभूति रहेको कुरामा पनि पूर्ण बैठकले जोड दिएको छ।

 

स्वतन्त्र र आत्मनिर्भर शान्तिपूर्ण कूटनीतिक नीति दृढतापूर्वक पालना गर्नुपर्ने भन्दै राष्ट्रिय सार्वभौमिकता, सुरक्षा र विकासका हितहरूको पनि दृढतापूर्वक संरक्षण गर्नुपर्ने कुरामा बैकठले स्पष्ट अडान प्रस्तुत गरेको छ। तेस्रो पूर्ण बैठकले अझ घनिष्ट रूपमा कमरेड सी चिनफिङ केन्द्रित पार्टी केन्द्रीय समितिको वरिपरि एकताबद्ध भई सुधार र खुलापनको झण्डालाई उठाउँदै हृदय र शक्ति एकीकृत गरी उन्नति र प्रयास गर्न सम्पूर्ण पार्टी, सेना र सबै जातजातिका जनतालाई आह्वान गरेको छ