चीनको सुधारको थप गहिराइद्वारा नयाँ "विश्व अवसर" ल्याउने
2024-07-20 17:06:36cri
Share with:

 

चिनियाँ कम्युनिष्ट पार्टीको २०औं केन्द्रीय समितिको तेस्रो पूर्ण अधिवेशन १५ देखि १८ तारिखसम्म पैचिङमा सम्पन्न भयो। सो अधिवेशनमा चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिले थप व्यापक सुधार र चिनियाँ शैलीको आधुनिकीकरणलाई बढावा दिने निर्णयलाई स्वीकार गरिएको छ। जुन अधिवेशनले सुधार कार्य गहिरो बनाउने समग्र लक्ष्यहरू, पुग्ने समय तालिका, मार्गचित्र र प्रणाली तैनाथी लक्ष्यहरू स्पष्ट बनाएको छ। यसले चिनियाँ शैलीको आधुनिकीकरणलाई प्रवर्द्धन गर्ने नयाँ यात्राको दिशालाई औंल्याएको छ भने विश्वलाई सुधारका लागि चीनको दृढ संकल्प र साझा विजयी अवसरहरू प्रदान गरेको छ।

 

चीनले चिनियाँ शैलीको आधुनिकीकरण प्रवर्द्धन र सुधारलाई व्यापकरूपमा गहन पार्ने कार्य चिनियाँ जनताको विकास आकांक्षालाई मात्र नभई शान्तिपूर्ण विकासका पक्षधर विश्वका मानिसहरूको आकांक्षा पनि पूरा गरेको छ। सुधार तथा खुलापनको क्रममा चिनियाँ शैलीको आधुनिकीकरणको विकास हुँदैआएको कारणले विश्वलाई "चिनियाँ अवसर" को अधिक लाभांश बाँड्न अनुमति दिनेछ।