सीपीसी केन्द्रीय समितिद्वारा भियतनामी कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव न्युएन फु ट्रोङको निधनप्रति शोक
2024-07-20 17:17:18cri
Share with:

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिले जुलाई १९ तारिख भियतनामी कम्युनिष्ट पार्टी केन्द्रीय समितिलाई शोक सन्देश पठाउँदै भियतनामी कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव कमरेड न्युएन फु ट्रोङ निधन हुनुभएकोमा दु:खसाथ श्रद्धान्जली प्रकट गरेको छ।

 

शोक सन्देशमा भनिएको छ: भियतनामसँगै मिलेर राजनीतिक पारस्परिक विश्वासलाई सुदृढ पार्दै एकताबद्ध सहकार्यलाई सबल पारी दुवै देशका जनतालाई लाभ ल्याउनुका साथै क्षेत्रीय र विश्व शान्ति तथा विकासका लागि योगदान गर्दै जान चीन इच्छुक छ।