नेपाल-चीन यारी नाका भन्सारबाट लक्ष्यभन्दा बढी राजस्व संकलन
2024-07-20 17:43:22cri
Share with:

यारी नाका भन्सार कार्यालय ०८०/८१ म आफ्नो लक्ष्यभन्दा राजस्व सङ्कलन गर्न सफल भएको छ। सीमित जनशक्तिबीच स्थलगत रुपमा कर्मचारी खटिएपछि यो राजस्व सङ्कलन गर्न कार्यालय सफल भएको हो।

 

कार्यालय प्रमुख राजराज जैसीले गत वर्ष साउन १ गतेदेखि असार मसान्तसम्म भन्सार बिभागले दिएको बार्षिक लक्ष्य भन्दा २१० प्रतिशत बढी उठाउन सफल भएको बताउनुभयो। उहाँले बार्षिक रुपमा कार्यालयले बाह्र लाख बाह्र हजार १४४ रुपियाँ राजस्व उठाउन सफल भएको बताउदै बिभागले दिएको लक्ष पाँच लाख ७७ हजार मात्र रहेको बताउनुभयो।

 

यस हिसावले उहाँले लक्ष्य भन्दा ११० प्रतिशत बढी राजस्व असुली गर्न कार्यालय सफल भएपछि यो समस्याका बिच राजस्व उठेको बताउनुभयो। उठेको राजस्वमा सबै भन्दा बढी निर्माण सामाग्रीबाट उठेको र त्यसपछि लत्ताकपडा, दैनिक उपभोग्य सामाग्रीबाट असुल भएको छ। हाल भन्सार कार्यालयमा एक जना कार्यालय प्रमुख र दुई जना कार्यालय सहयोगीको भरका काम हुँदै आएको छ। कार्यालय प्रमुख काम बिशेषले कार्यालय बाहिर जानु पर्ने हुँदा भन्सार असुली कार्य ठप्प हुने गरेको छ।

 

त्यसैगरि इन्टरनेटको कारण बील काट्ने कुरामा पनि समस्या हुँदै आएको छ। कोरोना पछि गतवर्ष जेठ महिनाबाट हिल्सामा कार्यालय सञ्चालनमा आएको थियो भने गत वर्ष कै बैशाख १८ गतेबाट चीनले हिल्सा नाका दुईतर्फी रुपमा सञ्चालनमा ल्याएको थियो।