सी चिन फिङद्वारा पल्लो शान सी प्रान्तको पुल दुर्घटनालक्षित महत्त्वपूर्ण निर्देशन
2024-07-20 17:18:23cri
Share with:

जुलाई १९ तारिख पल्लो शान सी प्रान्तको शाङ् ल्व शहरको चाश्वे  जिल्लास्थित एउटा राजमार्गको पुल अचानक बाढीका कारण भत्कियो र केही सवारी साधनहरू नदीमा खसे। २० तारिख बिहान १० बजेसम्म, विपद्ले ११ जनाको ज्यान लिएको र ३० जनाभन्दा बढी बेपत्ता भएका छन्।

 

विपद्पछि चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव, चीनका राष्ट्राध्यक्ष एवं केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चिन फिङले सो दुर्घटनालाई अत्यन्तै महत्त्व दिनुका साथै जनताको जीवन र सम्पत्तिको सुरक्षा सुनिश्चित गर्न उद्धारका लागि महत्त्वपूर्ण निर्देशन दिनुभएको छ।