फङ ली युआन चीन-अफ्रिका बालबालिकाको ग्रीष्म क्याम्पमा सहभागी
2024-07-20 17:12:01cri
Share with:

 

जुलाई १९ तारिख दिउँसो चीनका राष्ट्राध्यक्ष सी चिनफिङकी पत्नी एवं क्षयरोग तथा एड्स रोकथाम तथा नियन्त्रणका लागि विश्व स्वास्थ्य संगठनका सद्भावना दूत एवम् बालिका तथा महिला शिक्षाको प्रवर्द्धनका लागि युनेस्कोको विशेष दूत फङ ली युआनले चीनको पैचिङ शहरी लाइब्रेरीमा आयोजित चीन-अफ्रिका बालबालिकाको ग्रीष्म क्याम्प समारोहमा भाग लिनुका साथै सम्बोधन दिनुभएको छ।

 

आफ्नो सम्बोधनमा फङ ली युआनले उक्त कार्यक्रममा सहभागी चिनियाँ र अफ्रिकी बालबालिकाहरूले आपसी मित्रता गाँस्ने, भविष्यमा चीन-अफ्रिका मैत्री सम्बन्धलाई निरन्तरतारूपमा विकास गर्दै  जाने र चीन-अफ्रिका मानव जातीय साझा भविष्यको समुदायको निर्माण गर्न प्रयास गर्ने आशा व्यक्त गर्नुभयो।