खेलाडीहरूका लागि खेलकुदको चौतारो तयार
2024-07-21 17:18:30cri
Share with:

 

सन् २०२४ पेरिस ओलम्पिक खेलकुद समारोह जुलाई २६ तारिखदेखि शुरू हुँदैछ। अन्तर्राष्ट्रिय ओलम्पिक समितिका अध्यक्ष थोमस बाहले २० तारिख विश्वका विभिन्न स्थानका खेलाडीहरूका लागि सन् २०२४ पेरिस ओलम्पिक खेलकुदको चौतारो स्थापित भइसकेको औँल्याउनुभएको छ।

 

अध्यक्ष बाहका अनुसार, ओलम्पिक खेलकुदको तयारी कार्य निकै सुचारू रूपमा चलिरहेको छ। संयोजन समितिप्रति आफू निकै आशावादी रहेको भन्दै बाहले पेरिस ओलम्पिक खेलकुदको उद्घाटन समारोहले दर्शकहरूलाई गहिरो छाप छोड्नसक्ने विश्वास पनि व्यक्त गर्नुभएको छ।