चीन अझ सक्रिय रूपमा अन्तर्राष्ट्रिय अर्थव्यवस्थामा एकीकृत हुने
2024-07-22 18:40:14cri
Share with:

चीनको परराष्ट्रमन्त्रालयका प्रवक्ता माउ निङले चीनले अझ सक्रिय रूपमा अन्तर्राष्ट्रिय अर्थव्यवस्थामा एकीकृत हुने विचार व्यक्त गर्नुभएको छ।

जुलाई २२ तारिख पैचिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्त माउ निङले सीपीसी बीसौँ केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकबारे कुराकानी गर्दै उक्त कुरा बताउनुभएको हो। उहाँले सीपीसीको बीसौँ केन्द्रीय समितिको तेस्रो पूर्ण बैठक निकै महत्वपूर्ण बैठक रहेको बताउँदै चिनियाँ शैलीको आधुनिकीकरणसमक्ष देखिने नयाँ अवस्था र समस्याबारे विश्लेषण गरी अरू व्यापक तथा गहन सुधार गर्न व्यवस्थित तयार गरेर नयाँ युगमा चीनले उच्च गुणस्तरीय विकास तथा वैदेशिक खुलापन गर्न अवलोकन गर्न अन्तर्राष्ट्रिय समूहलाई महत्वपूर्ण झ्याल प्रदान गरेको बताउनु भयो।

चीनले अझ सक्रिय रूपमा अन्तर्राष्ट्रिय अर्थव्यवस्थामा एकीकृत भई विश्वलाई अरू लाभ प्रदान गरेर शान्तिपूर्ण विकास, पारस्परिक हितयुक्त सहयोग र साझा समृद्धि विश्व आधुनिकीकरण बनाउन सहयोग गर्ने कुरामा उहाँले जोड दिनुभयो।