ओलम्पिक खेलकुदबारे चाइना मिडिया ग्रुपको रिले प्रसारण शुरू
2024-07-22 14:53:40cri
Share with:

३३ औँ गृष्मकालीन ओलम्पिक खेलकुद जुलाई २६ तारिखदेखि अगष्ट ११ तारिखसम्म फ्रान्सको पेरिसमा आयोजना हुँदैछ। चाइना मिडिया ग्रुपले वैज्ञानिक प्राविधिक नवप्रवर्तन क्षमतालाई बढाएर ओलम्पिक खेलकुदको रिले प्रसारणका लागि आकर्षण थपेको छ।

अन्तर्राष्ट्रिय ‌ओलम्पिक खेलकुद समिति र चाइना मिडिया ग्रुपबीच प्राप्त भएको रणनीतिक सम्झौताबमोजिम अन्तर्राष्ट्रिय ओलम्पिक रिले प्रसारण सेवा कम्पनी र चाइना मिडिया ग्रुपले सन् २०२३ मा पैचिङमा सहयोगात्मक सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए। दुई पक्षले पेरिस ओलम्पिक खेलकुद र आगामी दिनमा विभिन्न ओलम्पिक खेलकुदको दीर्घकालीन सहयोग प्रणाली स्थापना गरेका थिए। उक्त प्रणालीमा प्रतियोगिताको रिले प्रसारण, प्रविधिको प्रयोग र बजारको विस्तार क्षेत्रमा गहिरो सहकार्य गर्ने विषय उल्लेख छन्।

अन्तर्राष्ट्रिय ओलम्पिक खेलकुदका अध्यक्ष थोमस बाहले चाइना मिडिया ग्रुप सीएमजीको अग्रस्थानको स्तरको धेरै पटक उच्च प्रशंसा गर्नुभयो। सीएमजीले नयाँ प्रविधिको प्रयोग र विश्वतर्फ ‌ओलम्पिक सँस्कृतिको प्रचार-प्रसार गर्ने क्षेत्रमा ठूलो भूमिका निर्वाह गरेको कुरा उहाँले बताउनुभयो।