४६ औँ विश्व सम्पदा सम्मेलन भारतको राजधानी नयाँ दिल्लीमा शुरू
2024-07-22 14:34:01cri
Share with:

जुलाई २१ तारिख संयुक्त राष्ट्र संघीय शिक्षा, विज्ञान, सँस्कृति संगठन अर्थात् युनेस्कोको विश्व सम्पदा समितिको ४६ औँ सम्मेलन भारतको राजधानी नयाँ दिल्लीमा शुरू भएको छ। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले उदघाटन समारोहमा भाग लिनुभएको छ।

उक्त सम्मेलन जुलाई २१ तारिखदेखि ३१ तारिखसम्म आयोजना हुँदैछ। सम्मेलनको मुख्य विषय “विश्व सम्पदा सूचकांक”मा संलग्न हुनका लागि मनोनित गर्ने २७ वटा सम्पदाबारे लेखाजोखा गर्नु र हालका सम्पदाहरूमध्येको १२४ वटा सम्पदाको संरक्षण अवस्थाको मूल्यांकन गर्नु रहेको छ।