एससीओको आलोपालो अध्यक्षता कार्य चीनद्वारा सुरुवात
2024-07-22 18:41:23cri
Share with:

चीनको परराष्ट्रमन्त्रालयका प्रवक्ता माउ निङले चीनले शाङहाई सहयोग संगठनको आलोपालो अध्यक्षताको कार्य पूर्ण सुरुवात गरेको जानकारी दिनुभएको छ।

अस्ताना शिखर सम्मेलन सम्पन्न भएपछि चीनले आधिकारिक रूपमा शाङहाई सहयोग संगठनको आलोपालो अध्यक्षता ग्रहण गरेको छ। जुलाई २२ तारिख पैचिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता माउ निङले त्यसबारे कुराकानी गर्दै उक्त कुरा व्यक्त गर्नुभएको हो। उहाँले यसै जुलाईमा अस्ताना शिखर सम्मेलन सम्पन्न भएपछि चीनले सन् २०२४ देखि २०२५ सम्मको आलोपालो अध्यक्षता औपचारिक रूपमा ग्रहण गर्नुका साथै नियमबमोजिम सन् २०२५ मा शिखर सम्मेलनको आयोजना गर्ने जानकारी दिनुभयो। उहाँका अनुसार, चीनले त्यसमा उच्च ध्यान दिएको छ भने हाल आलोपालो अध्यक्षताको कार्य पूर्ण सुरुवात गरिसकेको छ। यसपछिको लगभग एक वर्षमा शाङहाई सहयोग संगठनका सदस्यहरूसँग राजनीतिक, सुरक्षा, आर्थिक र मानव लगायत क्षेत्रको सहयोगलाई बढाएर क्षेत्रीय सुरक्षा बाधा, सहयोगको पुल, मित्रताको बन्धन र रचनात्मक शक्तिका रूपमा रहेको शाङहाई सहयोग संगठनको महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ।