रेनआइ च्याओ परिस्थिति चीनको नियन्त्रणका लागि फिलिपिन्ससँग अस्थायी सहमति
2024-07-22 15:43:10CRI
Share with:

चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ताले रेन् आइ च्याओको परिस्थितिको नियन्त्रणमा फिलिपिन्ससँगको भएको अस्थायी सहमतिका बारेमा पत्रकारको प्रश्नको जवाफ दिनुभएको छ

चीन र फिलिपिन्सबीचमा रेन् आइ च्याओको नियन्त्रणबारेको समझदारीका बारेमा पत्रकारले प्रश्न सोधेका थिए। प्रश्नको जवाफ दिँदै रेन् आइ च्याओ चीनको द्वीपहरूको एक भाग रहेको उहाँले बताउनुभयो। चीनको छुट्टै द्वीपहरू र नजिकै समुद्री क्षेत्रको सार्वभौमिकता रहेको र हालको रेन् आइ च्याओ परिस्थिति समाधान गर्ने बारे चीनले तीन वटा  सार्वजनिक रूपमा सिद्धान्तहरू घोषणा गरिसकेको उहाँले स्पष्ट पार्नुभयो।

फिलिपिन्सले पठाएको तथाकथित“युद्धपोत” रेन् आइ च्याओ नजिकै “बसेर” चिनियाँ सार्वभौमिकता उल्लङ्घन गरेको र “दक्षणीय समुद्र विभिन्न पक्षहरूको कार्य वचन” लाई पनि उल्लङ्घन गरेको उहाँले बताउनुभयो। खासगरी सो वचनमा पाँचौँ नियमको उल्लङ्घन भएको उहाँले स्पष्ट पार्नुभयो। फिलिपिन्सले सो “युद्धपोत”लाई फर्काउने र रेन् आइ च्याओको मौलिक अवस्था पुनःस्थापित हुने चीनले माग गरेको छ।

फिलिपिन्सले सो “युद्धपोत” ल्याउनअघि, सो पोतमा बसेका मान्छेहरूलाई जीवन सामग्रीहरू दिने आवश्यक भएमा मानवीय हिसाबले फिलिपिन्सले पहिले चीनसँग माग गरी पोतको अवस्थाका लागि निरीक्षण गरेर चीनले फिलिपिन्सलाई आवश्यक जीवन वस्तुहरू पठाउने अनुमति दिन सक्ने तर सो प्रक्रियामा चीनले निरीक्षण गर्नुपर्ने उहाँले बताउनुभयो।

यदि फिलिपिन्ससँग निर्माण समग्रीहरू पठाएर निश्चित सुविधा र स्थायी पद निर्माण गर्ने मनसाय भएमा चिनियाँ सार्वभौमिकता र “दक्षिण समुद्रका विभिन्न पक्षहरूको कार्य वचन”रक्षा गर्नका लागि चीनले सम्बन्धित कानुन र नियम अनुसार चीनले अस्वीकार गर्ने र रोक्न सक्ने पनि उहाँले स्पष्ट पार्नुभयो।

उल्लिखित तीन सिद्धान्त अनुसार, चीनले फिलिपिन्ससँग रेन् आइ च्याओको नियन्त्रणमा निरन्तरताका साथ छलफल गर्दै रहेको र मानवीय जीवन सामग्रीहरू पठाउने अस्थायी व्यवस्था गरेको छ। दक्षिण समुद्रको परिस्थितिलाई शान्ति कायम राख्न दुई पक्षले सामुद्रिक मतभेद संयुक्त रूपमा नियन्त्रण गर्ने सहमति गरेका छन्।