सी चिनफिङद्वारा रुवाण्डाका राष्ट्रपतिलाई बधाई
2024-07-23 16:46:07cri
Share with:

जुलाइ २३ तारिख चीनका राष्ट्राध्यक्ष सी चिनफिङले पल कागामेलाई रुवाण्डाको राष्ट्रपतिमा पुनःनिर्वाचित हुनु भएकामा बधाई ज्ञापन गर्नुभएको छ।

 

सी चिनफिङले रुवाण्डा चीनको परम्परागत मैत्रीपूर्ण मुलुक हो भन्दै केही वर्षयता दुई देशबीचको सम्बन्ध तीव्र गतिले विकास हुनुका साथै विभिन्न क्षेत्रका सहयोग उपलब्धि र परम्परागत मित्रता धेरै बढेको उल्लेख गर्नुभयो। आफूले अध्यक्ष महोदयसँग दुई पक्षबीचको राजनीतिक आपसी विश्वास र विभिन्न क्षेत्रका व्यावहारिक सहयोगलाई अरू प्रबर्द्धन गरी दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने इच्छा लिएको पनि सीले बधाई सन्देशमा उल्लेख गर्नु भएको छ।