चिनियाँ परराष्ट्रमन्त्री वाङ यी र माल्दिभ्सका समकक्षी जामिरबीच पैचिङमा भेटवार्ता
2024-07-23 09:44:55cri
Share with:

जुलाई २२ तारिख चीनका परराष्ट्र मन्त्री वाङ यीले पैचिङमा माल्दिभ्सका विदेश मन्त्री मूसा जामिरसँग भेटवार्ता गर्नुभएको छ।

मन्त्री वाङ यीले चीन र माल्दिभ्सबीच दौत्य सम्बन्ध स्थापना भएको ५२ वर्ष यता दुई मुलुकले एक अर्कालाई सम्मान गरेको र समर्थन दिएको साथै सहयोग र साझा विजयको नमूना खडा गरेका कुरा बताउनुभयो। वाङले चीनले माल्दिभ्ससँग मिलेर दुई मुलुकका राष्ट्रनायकहरूबीच प्राप्त भएको महत्वपूर्ण सहमतिलाई सक्रियताका साथ व्यवहारमा उतार्ने, परम्परागत मित्रताको प्रचार-प्रसार गर्ने, राजनीतिक पारस्परिक विश्वासलाई सबल पार्ने, विभिन्न स्तरको मैत्रीपूर्ण आवत-जावतलाई घनिष्ठ पार्ने र विभिन्न क्षेत्रको पारस्परिक हितको सहयोगलाई बढाउने कुरामा जोड दिनुभयो।

प्रत्युत्तरमा माल्दिभ्सका समकक्षी जामिरले चीन सधैं नै माल्दिभ्सको सबैभन्दा घनिष्ठ सहयोगात्मक साझेदार रहेको भन्दै माल्दिभ्सले एक चीनको नीतिको अक्षरशःपालना गर्ने, “बेल्ट एण्ड रोड”को साझा निर्माणमा निरन्तर रुपमा सक्रियताका साथ संलग्न हुने कुरा बताउनुभयो। उहाँले माल्दिभ्सले राष्ट्राध्यक्ष सीले प्रस्तुत गर्नुभएको विश्व विकास प्रस्ताव, विश्व सुरक्षा प्रस्ताव, विश्व सभ्यता प्रस्तावको उच्च प्रशंसा गरेको, चीनसँग अन्तर्राष्ट्रिय मामिलामा सम्पर्क र सहयोग गर्ने, माल्दिभ्स र चीनको भाग्य समुदायको सिर्जना गर्नका लागि प्रयास गर्ने कुरा बताउनुभयो।