
जुलाइ २२ तारिख सीएमजीद्वारा आयोजित "नयाँ युगमा चीनको सुधारको गहनतामा विश्वका लागि अवसर" विश्वव्यापी संवादको लक्जमबर्ग कार्यक्रम लक्जमबर्गस्थित चिनियाँ संस्कृति केन्द्रमा सम्पन्न भएको छ। सीएमजीका महानिर्देशक शन हाइस्युङले भिडियोमार्फत सम्बोधन गर्नुभएको छ। चीन र युरोपका राजनीतिक र व्यापारिक क्षेत्र, थिंक ट्याङ्क र सञ्चारमाध्यमका प्रतिनिधिलगायत झन्डै एक सय अतिथिहरू कार्यक्रममा उपस्थित भएका थिए।

शन हाइस्युङले विश्वको ध्यानाकर्षण भएको चिनियाँ कम्युनिष्ट पार्टी २० औँ केन्द्रीय समितिको तेस्रो पूर्ण बैठक पैचिङमा सफलतापूर्वक सम्पन्न भएको भन्दै नयाँ युगमा चीनको कोसेढुङ्गा रहेको विचार व्यक्त गर्नुभयो। उहाँले आजको संसार र प्राविधिक तथा औद्योगिक परिवर्तको सामना गर्दै चीनले सुधारलाई अझ प्रमुख स्थानमा राखेको बताउनुभयो। चीन सधैँ विश्वसँग गहिरो रूपमा एकीकृत भई मानव आधुनिकीकरणका लागि उज्ज्वल भविष्य सिर्जना गर्ने विचार पनि उहाँले व्यक्त गर्नुभयो।



