आठौं चीन-दक्षिण एशिया मेलामा सहभागी उद्योग-व्यवसायहरूको संख्या २००० भन्दा बढी
2024-07-23 14:28:11cri
Share with:

छ दिने आठौं चीन-दक्षिण एशिया मेला जुलाई २३ तारिख युन नान प्रान्तीय खुन मिङ शहरमा शुरू भएको छ। यस पटकको चीन-दक्षिण एशिया मेलामा ८२ वटा मुलुक, क्षेत्र र अन्तर्राष्ट्रिय संगठन सहभागी भए भने उद्योग-व्यवसायहरूको संख्या २००० वटाभन्दा बढी पुगेको छ। 

यस पटकको चीन-दक्षिण एशिया मेलाले हरित ऊर्ज स्रोत, आधुनिक कृषि, चिकित्सा, सँस्कृति तथा पर्यटनसम्बन्धी व्यवसायहरू देखाउने छ। यस पटकको मेलामा वास्तुकलाको विज्ञान मण्डप, उत्पादन मण्डप, हरियो ऊर्जा स्रोत मण्डप, आधुनिक कृषि मण्डप, भौगोलिक द्योतक सामान मण्डप राखिएको छ। साथै कफी मण्डप पहिलो पटक राखिएको छ। जम्मा १६० वटा उद्योग-व्यवसाय कफी मण्डपमा सहभागी भए।

चीन-दक्षिण एशिया मेलाले चीन र दक्षिण एशियाली मुलुकहरूसितको व्यापारिक सहयोगलाई सबल पारेको र विस्तारको क्षेत्रमा भूमिका निर्वाह गरेको छ। सन् २०२३मा चीन र दक्षिण एशियाली मुलुकको व्यापारिक रकम करीब २ खर्ब अमेरिकी डलर भएको थियो र जुन सन् २०१३मा पहिलो चीन-दक्षिण एशिया मेलाको आयोजना भएको अवधिभन्दा दोब्बर वृद्धि भएको थियो।