वाङ यीद्वारा अमेरिका-चीन व्यापारिक राष्ट्रिय समिति बोर्डको प्रतिनिधि समूहसँग संयुक्त भेटघाट
2024-07-23 10:59:33CRI
Share with:

जुलाई २२ तारिख, चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिका राजनैतिक व्यूरोका सदस्य तथा चीनका परराष्ट्र मन्त्री वाङ यी लगायतका अधिकारीहरूले बेइजिङमा संयुक्त रूपमा अमेरिका-चीन व्यापारिक राष्ट्रिय समिति बोर्डको प्रतिनिधि समूहसँग भेटघाट गर्नुभएको छ।

चीन-अमेरिका सम्बन्ध विश्वमा सबैभन्दा महत्वपूर्ण द्विपक्षीय सम्बन्धहरूमध्ये एक भएको औँल्याउँदै मन्त्री वाङ यीले चीन-अमेरिका सहयोग वा द्वन्दले दुई देशका जनताको हित र मानवको भविष्यसँगै मिल्ने बताउनुभयो। उहाँले भन्नुभयो, ‘चीनले पारस्परिक सम्मान, शान्तिपूर्ण सह-अस्तित्व र पारस्परिक लाभ यी ३ वटा सिद्धान्त अनुसार अमेरिकी मामिलाहरूलाई समाधान गरिरहेको छ। चीन-अमेरिका सम्बन्ध स्थायी, राम्रो हुन र अघि बढाउनका लागि अमेरिकासँग छलफल सुदृढ गर्ने, द्वन्द्व नियन्त्रण गर्ने, सहयोग विस्तृत् गर्ने दिशामा प्रयास गरिरहेको छ।’

 

मन्त्री वाङका अनुसार चीनको लागि आवश्यक संरक्षण गर्नुपर्ने कुरा हितअनुकूल छन् भने आवश्यक रक्षा गर्नुपर्ने सिद्धान्त पनि छन् र आवश्यकता कायम राख्ने आधार रेखा पनि छन्।

 

अमेरिका स्वयंले ठूलो विकास मात्र नभएर चीन-अमेरिका सम्बन्धको विकास र दुई देशका जनताको मित्रतामा नयाँ योगदान गर्न पनि अमेरिकी औद्योगिक र व्यावसायिक क्षत्रले चीनसँग हातमा हात मिलाएर अघि बढ्ने इच्छा पनि उहाँले प्रकट गर्नुभयो।