वाङ यीद्वारा नेपालका नवनियुक्त परराष्ट्रमन्त्री आर्जु राणालाई बधाई
2024-07-23 20:16:41cri
Share with:

जुलाई १८ तारिखमा चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्युरो सदस्य एवम् परराष्ट्रमन्त्री वाङ यीले आर्जु राणालाई नेपालको विदेशमन्त्रीमा नियुक्त हुनु भएकामा बधाई दिनुभयो।

 

चीन र नेपाल हिमाल र नदीले जोडिएका असल छिमेकी मुलुक भएको स्मरण गराउँदै एकअर्कालाई सहयोग गर्ने असल मित्र र साझा विकास खोज्ने असल साझेदार रहेको प्रसङ्ग परराष्ट्रमन्त्री वाङ यीले बधाई सन्देशमा उल्लेख गर्नु भएको छ। सन् २०१९ मा चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले नेपालको ऐतिहासिक राजकीय भ्रमण सफलतापूर्वक सम्पन्न गर्नु भएको थियो। दुई देशबीचको सम्बन्ध विकास र समृद्धितर्फ उन्मुख चिरस्थायी मित्रताको रणनीतिक साझेदारीमा स्तरोन्नति भएको छ। दुई देशका नेताले गरेका महत्वपूर्ण सहमतिलाई कार्यान्वयन गर्न र दुई देशबीचको परम्परागत मित्रतालाई अगाडि बढाउँदै दुई देशबीचको राजनीतिक आपसी विश्वासलाई सुदृढ गर्न, विभिन्न क्षेत्रमा व्यावहारिक सहयोगलाई प्रगाढ बनाउन र निरन्तर प्रवर्द्धन गर्न आफूले आर्जु राणासँग मिलेर काम गर्न इच्छुक रहेको वाङ यीले आफ्नो बधाई सन्देशमा उल्लेख गर्नु भएको छ।