जुलाइ २२ तारिख सीएमजीद्वारा आयोजित "नयाँ युगमा चीनको सुधारको गहनतामा विश्वका लागि अवसर" विश्वव्यापी संवादको कार्यक्रम न्युयोर्कमा सम्पन्न भएको छ। सीएमजीका महानिर्देशक शन हाइस्युङ र अमेरिकाका लागि चीनका राजदूत स्ये फङले भिडियोमार्फत सम्बोधन गर्नुभएको छ। अमेरिकी थिंक ट्याङ्क, व्यापारिक क्षेत्र र शिक्षाविदका झण्डै एक सय जना पाहुनाले चीनको सुधारको थप व्यापक गहिराइ र चिनियाँ शैलीको आधुनिकीकरणको प्रवर्द्धनबाट सबै देशको साझा विकास र मानव सभ्यताको प्रगतिलाई हुने बारे गहिरो रूपमा आदानप्रदान गरेका छन्।
शन हाइस्युङले विश्वको ध्यानाकर्षण भएको चिनियाँ कम्युनिष्ट पार्टीको २०औँ केन्द्रीय समितिको तेस्रो पूर्ण बैठक पैचिङमा सफलतापूर्वक सम्पन्न भएको भन्दै नयाँ युगमा चीनको कोसेढुङ्गा रहेको विचार व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो नयाँ युगमा चीनको सुधारको व्यापक गहिराइ नै चिनियाँ शैलीको आधुनिकीकरणका रूपमा राष्ट्रिय पुनरुत्थानलाई व्यापक रूपमा प्रवर्द्धन गर्ने र बलियो देश निर्माण गर्ने एक महत्वपूर्ण विषय हो। यसले मानवजातिलाई आधुनिकीकरण र राम्रो सामाजिक प्रणालीको मार्ग खोज्ने भन्दै विश्वभरका देशको विकासमा नयाँ अवसरहरू प्रदान गर्न सहयोग गर्ने बताउनुभयो।