"नयाँ युगमा चीनको सुधारको गहनतामा विश्वका लागि अवसर" विश्वव्यापी संवादको अर्जेन्टिना कार्यक्रम ब्यूनस आयर्समा
2024-07-24 09:57:28cri
Share with:

स्थानीय समयअनुसार जुलाई २२ तारिख चाइना मिडिया ग्रुपले आयोजना गरेको “नयाँ युगमा चीनको सुधारको गहनतामा विश्वका लागि अवसर” विश्वव्यापी संवादको अर्जेन्टिना कार्यक्रम ब्यूनस आयर्समा आयोजना भएको छ। चाइना मिडिया ग्रुपका महानिर्देशक शन हाईस्युङले भिडियोमार्फत सम्बोधन गर्नुभएको छ। अर्जेन्टिनाका लागि चिनियाँ राजदूत वाङ वै, अर्जेन्टिना अन्तर्राष्ट्रिय सम्बन्ध परिषदअन्तर्गत एशियाली मामिला समितिका प्रमुख, ब्यूनस आयर्स विश्वविद्यालयका उप प्रमुख, अर्जेन्टिनाको थिंक ट्याङ्कका विशेषज्ञ, सञ्चार-माध्यमका प्रतिनिधि,  ब्यूनस आयर्स विश्वविद्यालयका शिक्षकशिक्षका र विद्यार्थीलगायतका ६० जना उक्त कार्यक्रमा सहभागी भए।

शन हाईस्युङले चाइना मिडिया ग्रुपको तर्फबाट अतिथिहरूलाई स्वागत गर्नुभयो। उहाँले चिनियाँ कम्युनिष्ट पार्टी २०औँ केन्द्रीय समितिको तेस्रो पूर्ण बैठक पैचिङमा सफलताका साथ सम्पन्न भएको र यो नयाँ युगमा चीनको एक कोसे-ढुंगा भएको कुरा बताउनुभयो।

वाङ वैले चिनियाँ शैलीको आधुनिकीकरण शान्तिपूर्ण विकास बाटो हिँड्ने आधुनिकीकरण हो भन्दै चीनको विकास विश्वबाट अलगिन नसकिने र विश्वको समृद्धिले पनि चीन चाहने कुरा बताउनुभयो। उहाँले चीनले अर्जेन्टिनालगायतका विश्वका विभिन्न मुलुकसँग मिलेर चिनियाँ शैलीको आधुनिकीकरणको नयाँ उपलब्धिको प्रयोग गरी विश्वको विकासका लागि नयाँ मौका उपलब्ध गराउन र मानव भाग्य समुदायको सिर्जना गर्न प्रयास गर्ने कुरामा जोड दिनुभयो।