राष्ट्राध्यक्ष सी चिनफिङद्वारा छैठौं चीन-रुस ऊर्जा वाणिज्य मञ्चलाई बधाई
2024-07-24 10:00:50CRI
Share with:


जुलाई २३ तारिख, चीनका राष्ट्राध्यक्ष सी चिनफिङले छैठौं चीन-रुस ऊर्जा वाणिज्य मञ्चलाई बधाई पत्र पठाउनुभएको छ।

चालू वर्ष चीन र रूसबीचको सम्बन्ध स्थापना भएको ७५औं वार्षिकोत्सव हो। दुई पक्षको संयुक्त प्रयासमा, चीन-रूस नयाँ युगमा विस्तृत रणनीतिक सहकार्य साझेदारी अघि बढाउँदै गइएको छ। दुई देशको ऊर्जा सहकार्यहरू सुधार, स्थायी र सबल हुँदै गएका छन् जसले दुई देशका जनताका लागि व्यावहारिक हित ल्याएको छ। नयाँ इतिहासको प्रारम्भिक बिन्दुमा उभिँदै चीनले रुससँग निरन्तरताका साथ ऊर्जा क्षेत्रको पारस्परिक लाभका लागि सहकार्य अघि बढाउन, ऊर्जा उद्योग श्रृंखला र आपूर्ति श्रृंखलाको स्थायित्व कायम राख्न र विश्वको ऊर्जा उद्योगको विकास सुदृढ, हरित र स्वस्थ पार्ने दिशामा बल प्रदान गर्न इच्छुक रहेको चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले उल्लेख गर्नुभएको छ।

सोही दिन रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले पनि छैठौं चीन-रुस ऊर्जा वाणिज्य मञ्चलाई बधाई पत्र पठाउनुभयो।