नेपालले एक वर्षमा पौने तीन अर्बको छुर्पी गर्‍यो विदेशमा विक्री
2024-07-24 16:22:54cri
Share with:

एक वर्षमा नेपालले ३ अर्ब १८ करोड ४३ लाख २७ हजार रुपैयाँ बराबरको ‘डग च्यू’ अर्थात् छुर्पी निर्यात गरेको छ। नेपालले आर्थिक वर्ष २०८०/८१ मा ३ अर्ब १८ करोड ४३ लाख २७ हजार रुपैयाँ बराबरको १६ लाख ४६ हजार ८८७ किलोग्राम ‘डग च्यू’ अर्थात् छुर्पी निर्यात गरेको नेपाल प्रेस अनलाइनले लेखेको छ।

नेपालले आर्थिक वर्ष २०८०/८१ भर कुल १ खर्ब ५२ अर्ब ३८ करोड १२ लाख ४४ हजार रुपैयाँ बराबरको वस्तु निर्यात गरेको छ। नेपालबाट विदेशमा वस्तु निर्यात गर्नेको तालिकामा डग च्यू १३ औँ नम्बरमा रहेको छ। अघिल्लो आर्थिक वर्ष २०७९/८० मा पनि नेपालबाट बढी निर्यात हुने वस्तुहरूको तालिकामा डग च्यू १३ औँ नम्बरमा रहेको थियो।

आर्थिक वर्ष २०७९/८० मा मात्रै नेपालले ३ अर्ब ४० करोड ९० लाख ७३ हजार रुपैयाँ बराबरको १७ लाख ८६ हजार ११२ केजी ‘डग च्यू’ विदेशी मुलुकहरूमा निर्यात गरेको थियो। नेपालबाट सबैभन्दा बढी कुकुरलाई खुवाउने आहार ‘डग च्यू’ निर्यात अमेरिकामा हुने गरेको छ। डग च्यू विदेशी मुलुकहरूमा कुकुर बिरालोको आहाराका रूपमा निर्यात गर्ने गरिन्छ। नेपालबाट निर्यात हुने वस्तुमा अहिले सबैभन्दा राम्रो बजार र चर्चा ‘डग च्यू’ले नै कमाई रहको छ। छुर्पी व्यापारीहरूले पनि नेपालबाट हुने निर्यातले निकै राम्रो वृद्धि लिने आंकलन गरेका छन्।

आर्थिक वर्ष २०८०/८१ को पहिलो महिना असारमा मात्रै नेपालबाट विदेशमा ३७ करोड ४४ लाख ६२ हजार रुपैयाँको ‘डग च्यु’ निर्यात भएको थियो।

भदौ महिनासम्म नेपालले कुल ५४ करोड ९८ लाख रुपैयाँ बराबरको छुर्पी निर्यात गरेको थियो। जहाँ भदौ महिनामा मात्रै नेपालले १७ करोड ५३ लाख ३८ हजार रुपैयाँको डग च्यू निर्यात गरेको थियो।

असोजसम्म आइपुग्दा नेपालले कुल ७६ करोड ११ लाख ६ हजार रुपैयाँको छुर्पी निर्यात गरेको थियो। जहाँ असोज महिनामा मात्रै २१ करोड १३ लाख ६ हजार रुपैयाँको डग च्यू निर्यात भएको थियो। कार्तिक महिनासम्म नेपालबाट ९७ करोड ८९ लाख ४९ हजार रुपैयाँको डग च्यू निर्यात भएको थियो। कार्तिक महिनामा मात्रै २१ करोड ७८ लाख ४३ हजार रुपैयाँको डग च्यू विदेश पठाइएको थियो।

त्यस्तै, मंसिर महिनासम्म डग च्यूको निर्यात १ अर्ब १८ करोड ७३ लाख ६३ हजार रुपैयाँ पुगेको थियो। मंसिर महिनामा मात्रै २० करोड ८४ लाख १४ हजार रुपैयाँको कुकुरलाई खुवाउने आहारा निर्यात गरिएको थियो।

पुस महिनासम्म नेपालबाट १ अर्ब ४१ करोड २९ लाख २६ हजार रुपैयाँको ‘डग चयू’ अर्थात् छुर्पी विदेशी मुलुकहरूमा निर्यात गरिएको छ। पुस महिनामा मात्रै २२ करोड ५५ लाख ६३ हजार रुपैयाँको उक्त डग च्यू निर्यात गरेको देखिन्छ।

आर्थिक वर्ष २०८०/८१ को माघ महिनासम्म नेपालले १ अर्ब ६५ करोड ७९ लाख ६२ हजार रुपैयाँको कुकुरको आहारा डग च्यू निर्यात गरेको थियो। माघ महिनामा मात्रै गड च्यूको निर्यात २४ करोड ५० लाख ३६ हजार रुपैयाँको निर्यात गरिएको छ।

फागुन महिनासम्म आइपुग्दा नेपालबाट डग च्यूको निर्यात १ अर्ब ९८ करोड ५८ लाख ७८ हजार रुपैयाँ पुगेको देखिन्छ। जहाँ फागुन महिनामा मात्रै ३२ करोड ७९ लाख १६ हजार रुपैयाँको डग च्यू विदेशी मलुकहरुमा पठाइएको छ।

चैत महिनासम्म यस्तो डग च्यूको निर्यात २ अर्ब ३१ करोड ६६ लाख ७७ हजार रुपैयाँको कुकुर बिरालोलाई खुवाउने आहारा डग च्यू निर्यात गरिएको छ। जहाँ चैत महिनामा मात्रै ३३ करोड ७ लाख ९९ हजार रुपैयाँको डग च्यू विदेश पठाइएको छ।

वैशाख महिनासम्म आइपुग्दा नेपालबाट कुल २ अर्ब ६१ करोड १९ लाख ८५ हजार रुपैयाँको १३ लाख ४५ हजार ५०१ किलोग्राम डग च्यू विदेशी मलुकहरुमा निर्यात भएको छ। वैशाख महिनामा मात्रै २९ करोड ५३ लाख ८ हजार रुपैयाँ बराबरको कुकुर बिरालोको आहारा डग च्यू निर्यात गरिएको छ।

नेपालले आर्थिक वर्षको ११ महिना अर्थात् जेठ महिनासम्म २ अर्ब ९७ करोड ७५ लाख ९७ हजार रुपैयाँ बराबरको कुरकुरलाई खुवाउने आहारा ‘डग च्यू’ निर्यात गरेको छ। जेठ महिनामा मात्रै नेपालबाट ३६ करोड ५६ लाख १२ हजार रुपैयाँ बराबरको डग च्यू निर्यात गरिएको छ।

त्यसैगरी आर्थिक वर्ष २०८०/८१ को अन्तिम महिनासम्म अर्थात् असार महिनासम्म नेपालबाट कुल ३ अर्ब १८ करोड ४३ लाख २७ हजार रुपैयाँ बराबरको १६ लाख ४६ हजार ८८७ किलोग्राम ‘डग च्यू’ अर्थात् छुर्पी निर्यात गरिएको भन्सार विभागको तथ्याङ्कले देखाउँछ। असार महिनामा मात्रै २० करोड ६७ लाख ३० हजार रुपैयाँको छुर्पीको निर्यात भएको देखिन्छ।

पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा ‘डग च्यू’ को माग व्यापक रूपमा बढेको छ। ‘डग च्यु’ चौरी गाई तथा गाईको दूधबाट बनाइने छुर्पीको प्रकार हो। जसको प्रयोग पश्च्मिा मुलुकहरूमा कुकुर तथा बिरालोको आहारका रूपमा गरिन्छ।

अजभन्दा ५ वर्ष अघि अर्थात् आर्थिक वर्ष २०७५/७६ मा नेपालले १ अर्ब ५ करोड २८ लाख ७६ हजार रुपैयाँ बराबरको ‘डग च्यू’ मात्रै विदेशमा बिक्री गरेको थियो। आर्थिक वर्ष २०७५/७६ मा नेपालको कुल बस्तु निर्यात ९७ अर्ब १० करोड ९५ लाख २१ हजार रुपैयाँको रहेको थियो। यति बेला नेपालबाट सबैभन्दा बढी निर्यात हुने वस्तुहरूको तालिकाको २४ औँ स्थानमा ‘डग च्यू’ रहेको थियो।

आर्थिक वर्ष २०७६/७७ मा नेपालले १ अर्ब २२ करोड ८३ लाख ५६ हजार रुपैयाँ बराबरको ‘डग च्यू’ निर्यात गरेको थियो। यस वर्ष नेपालले १७ करोड बढीको डग च्यू निर्यात गरेको थियो। आर्थिक वर्ष २०७७/७८ सम्म आइपुग्दा नेपालले एक वर्षमा १ अर्ब ९६ करोड ५० लाख ४६ हजार रुपैयाँ बराबरको ‘डग च्यू’ विदेशमा निर्यात गरेको थियो। एक वर्षमा नेपालले डग च्यूको निर्यात करिब ७४ करोड रुपैयाँले बढाएको थियो।

आर्थिक वर्ष २०७८/७९ मा नेपालले २ अर्ब ९१ करोड १९ लाख ३९ हजार रुपैयाँ बराबरको १७ लाख ४४ हजार ४५१ केजी ‘डग च्यू’ निर्यात गरेको थियो। यति बेला एकै वर्षमा नेपालले करिब १ अर्बको ‘डग च्यू’ निर्यात बढाएको थियो। यस आर्थिक वर्षमा नेपालले २ खर्ब ३ करोड ९ लाख ६२ हजार रुपैयाँको निर्यात गरेको थियो।

आर्थिक वर्ष २०७९/८० मा मात्रै नेपालले ३ अर्ब ४० करोड ९० लाख ७३ हजार रुपैयाँ बराबरको १७ लाख ८६ हजार ११२ केजी ‘डग च्यू’ विदेशी मुलुकहरूमा निर्यात गरेको थियो। एक वर्षमा नेपालले डग च्यूको निर्यात करिब ४९ करोडले बढाएको थियो।

आर्थिक वर्ष २०८०/८१ सम्म आइपुग्दा ३ अर्ब १८ करोड ४३ लाख २७ हजार रुपैयाँ बराबरको १६ लाख ४६ हजार ८८७ किलोग्राम ‘डग च्यू’ अर्थात् छुर्पी विदेशी मुलुकहरूमा निर्यात गरेको छ।