चिनियाँ राजदूतको समवेदना सन्देश
2024-07-24 18:43:36cri
Share with:

काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जुलाई २४ तारिख बुधबार मध्यान्ह भएको सौर्य एयरलाइन्सको विमान दुर्घटनाप्रति नेपालका लागि चिनियाँ राजदूत छन सोङले नेपालप्रति समवेदना व्यक्त गर्नु भएको छ। बुधबार अपरान्ह उहाँले सामाजिक सञ्जाल एक्समा लेख्दै विपत्तिका घडीमा चीन सदैव नेपालको साथमा उभिने विचार पनि व्यक्त गर्नु भएको छ। उहाँले लेख्नु भएको छः त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज भएको दुःखद विमान दुर्घटना र ठूलो जनधनको क्षतिको खबर पाउँदा साँच्चै स्तब्ध भएको छ। सम्पूर्ण शोक सन्तप्त परिवारजनमा हाम्रो गहिरो सान्त्वना र समवेदना। दिवंगत आत्माले चिर शान्ति पाओस। यस दुःखद् घडीमा चीन नेपाल र नेपाली जनतासँगै ऐक्यबद्धतामा उभिएको छ।