काठमाडौं उपत्यकामा पोलियोविरुद्ध खोप अभियान
2024-07-25 16:54:28cri
Share with:

काठमाडौँ उपत्यकाका तीनवटै जिल्लामा पोलियो विरुद्धको विशेष खोप अभियान सञ्चालन भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले काठमाडौंको टुकुचाखोला र वाग्मती नदीको सङ्गमस्थल टेकुमा पोलियो जीवाणु भेटिएपछि काठमाडौं,ललितपुर र भक्तपुरमा खोप अभियान सञ्चालन गरिएको अन्नपूर्ण पोष्ट अनलाइनले लेखेको छ।

स्वास्थ्य सेवा विभाग बालस्वास्थ्य तथा खोप शाखा प्रमुख डा. अभियान गौतमले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा पोलियो जीवाणु भेटिएपछि खोप अभियान सञ्चालन गरिएको बताउनुभयो।

उहाँका अनुसार जन्मेदेखि पाँच वर्षमुनिका बालबालिकालाई  स्वास्थ्यकर्मी र महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाले ‘ओपिभी’ खोप खुवाउने छन्।  अभियान  १२ गतेसम्म सञ्चालन हुनेछ। अभियानअन्तर्गत दुई लाख ८० हजार बालबालिकालाई खोप खुवाइने स्वास्थ्य मन्त्रालयले जनाएको छ।