बाढी रोकथाम र राहत कार्यको अध्ययन र परिचालन गर्न सी चिन फिङको अध्यक्षतामा बैठक
2024-07-25 20:11:54cri
Share with:

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्युरोको स्थायी समितिले जुलाई २५ तारिखमा बाढी रोकथाम र राहत कार्यको अध्ययन 

र परिचालन गर्न बैठक आयोजना गरेको छ। चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव सी चिन फिङले बैठकको अध्यक्षता गर्दै महत्वपूर्ण सम्बोधन गर्नुभएको छ।

बैठकले यो वर्ष चीनमा धेरै भारी वर्षा हुने र लामो समयसम्म केही ठाउँमा पटक पटक भारी वर्षा भएको र बाढी निनियन्त्रणको अवस्था गम्भीर 

र जटिल रहेको औंल्याएको छ। बैठकले जनताको जीवनको सुरक्षालाई सधैँ उच्च प्राथमिकता दिनुपर्ने र मानवीय क्षति न्युनीकरण गर्नुपर्नेमा जोड दिएको छ।बैठकले आकस्मिक उद्धार र विपद् राहत कार्यमा सबै लाग्नुपर्ने र समग्र योजना र पूर्व तयारीलाई सुदृढ पार्ने कुरामा जोड दिएको छ।