धेरै मुलुकका व्यापारीहरूः यहाँ निकै राम्रो छ
2024-07-25 13:35:22CRI
Share with:

छ दिने आठौं चीन-दक्षिण एशिया मेला जुलाई २३ तारिखदेखि २८ तारिखसम्म चीनको युन नान प्रान्तीय खुन मिङ शहरमा चलिरहेको छ। यस पटकको चीन-दक्षिण एशिया मेलामा ८२ वटा मुलुक, क्षेत्र र अन्तर्राष्ट्रिय संगठन सहभागी भएका छन् भने उद्योग-व्यवसायहरूको संख्या २००० वटाभन्दा बढी पुगेको छ। भारतको हस्तनिर्मित गलैंचा, छालाका सामान, हस्तकलात्मक वस्तु, गहना, पाकिस्तानको बुनाई वस्तु, छालाका समान र पोशाक, गहना, श्रीलंकाको गहना र कालो चिया, नेपालको बौद्ध धर्मको काँसे मूर्ति, कश्मिरी सल, तेल चित्रकला, बंगलादेशको बुनाई वस्तु, अफगानिस्तानको हस्तनिर्मित गलैंचा, गहना, भुटानको थाङ्का, परम्परागत पोशाक, माल्दिभ्सको चिनो वस्तु, दक्षिण एशियाका विशेष सामानहरू नै अवलोकनकर्ताहरूका लागि छनौट बनेका छन्।

यस पटकको मेलाका दुई वटा दक्षिण एशियाली मण्डपमा भारत, पाकिस्तान, नेपाल, श्रीलंका, बंगलादेश, अफगानिस्तान, भुटान र माल्दिभ्सको विशेष प्रदर्शनी राखिएको छ।

सन् २०१३मा पहिलो चीन-दक्षिण एशिया मेलाको आयोजना भएयता चीन र दक्षिण एशियाली मुलुकहरूको सबैभन्दा महत्वपूर्ण आर्थिक तथा व्यापारिक आदान-प्रदान गतिविधिहरूमध्येको एक बनेको छ। सन् २०२३मा चीन र दक्षिण एशियाली मुलुकको व्यापारिक रकम करीब २ खर्ब अमेरिकी डलर भएको थियो र जुन सन् २०१३मा पहिलो चीन-दक्षिण एशिया मेलाको आयोजना भएको अवधिभन्दा दोब्बर वृद्धि भएको थियो।

पाकिस्तान, बंगलादेशआदि मुलुकहरूको पहिलो ठूलो व्यापारिक साझेदारको रुपमा रहेको चीनको स्थान निरन्तर रुपमा दृढ भएको छ। पाकिस्तानको चामल, श्रीलंकाको कालो चिया, माल्दिभ्सको समुद्री सामानलगायतको दक्षिण एशियाली मुलुकहरूको समानहरूले चीन बजारमा प्रवेश गरेका छन् र चिनियाँ उपभोक्ताहरूले ती सामान मन गराएका छन्।