सीएमजी र फ्रान्सेली ओलम्पिक कमिटिबीच गहन सहयोग आदानप्रदान
2024-07-26 20:34:10cri
Share with:

जुलाइ २६ तारिख सीएमजीका महानिर्देशक शन हाइस्युङले प्यारिसमा फ्रान्सेली राष्ट्रिय ओलम्पिक खेलकुद कमिटिका अध्यक्ष लापाटियनसँग भेट गर्नुभएको छ। दुई पक्षले व्यापक सहयोगलाई गहन पार्न सहमति सम्पन्न गरेका छन्।

 

शन हाइस्युङले प्यारिस ओलम्पिक खेलकुदको अन्तर्राष्ट्रिय सार्वजनिक सूचना बनाउने कार्यक्रम सबभन्दा धेरै अन्तर्राष्ट्रिय मिडियाका रूपमा रहेको सीएमजीले “5G+4K/8K+AI” प्रविधि र विश्व प्रथम श्रेणीको खेलकुद कार्यक्रम उत्पादन र प्रसारण क्षमता लिएर विश्वभरका दर्शकलाई भव्य खेलकुद कार्यक्रम देखाउने बताउनुभयो।

 

लापाटियनले सीएमजीले यति ठूलो स्केलको रिपोर्ट दल खटाएर प्यारिस ओलम्पिक खेलकुदको व्यापक रिपोर्ट सम्प्रेषण गरेकामा आफूले आभार ज्ञापन गर्नुका साथै सीएमजीको खेलकुद कार्यक्रमको उत्पादन र प्रसारण क्षमता विश्वको प्रथम श्रणीको भएकाले ओलम्पिक खेलकुदको रिपोर्टिङ प्रभावकारीप्रति आफूले अपेक्षा गरेको विचार व्यक्त गर्नुभयो।