“ओलम्पिक खेलकुदको प्राविधिक नवीकरण तथा विकाससम्बन्धी चाइना मिडिया ग्रुपको प्रतिवेदन” पेरिसमा सार्वजनिक
2024-07-26 14:54:41cri
Share with:

स्थानीय समयअनुसार जुलाई २५ तारिख “ओलम्पिक खेलकुदको प्राविधिक नवीकरण तथा विकाससम्बन्धी चाइना मिडिया ग्रुपको प्रतिवेदन”को चिनियाँ, अंग्रेजी र फ्रान्सेली भाषालगायतका अनेकौं संस्करणहरू पेरिसमा सार्वजनिक गरिएको छ। चाइना मिडिया ग्रुपका महानिर्देशक शन हाईस्युङ र ओलम्पिक प्रसारण सेवाका  प्रमुख कार्यकारी अधिकृत  इआनिस इजार्चोसले पेरिस ओलम्पिक खेलकुद अन्तर्राष्ट्रिय रेडियो केन्द्रस्थित चाइना मिडिया ग्रुपको स्टुडियोमा प्रतिवेदन सार्वजनिक कार्यक्रमको साक्षी बस्नु भएको छ।

शन हाईस्युङले “ओलम्पिक खेलकुदको प्राविधिक नवीकरण तथा विकाससम्बन्धी चाइना मिडिया ग्रुपको प्रतिवेदन” चाइना मिडिया ग्रुपले वैज्ञानिक तथा प्राविधिक नवीकरणलाई निरन्तर रुपमा अगाडि बढाउने चरणबद्ध उपलब्धि रहेको बताउनुभयो। उहाँले चाइना मिडिया ग्रुपले ‌ओलम्पिक  प्रसारण सेवासँग दीर्घकालीन मैत्रीपूर्ण सहयोग गरेको, ओलम्पिक प्रसारण सेवा र अरु अन्तर्राष्ट्रिय सञ्चार-माध्यमहरूले चाइना मिडिया ग्रुपको उच्च मूल्याङ्कन गरेका बताउनुभयो।

इआनिस इजार्चोसले चाइना मिडिया ग्रुपले ओलम्पिक खेलकुदहरूको प्रसारणको प्रशंसा गर्नुभयो।