चिनियाँ परराष्ट्र मन्त्रालयद्वारा फिलिपिन्सले रेनआइ रिफमा आपूर्तिको ढुवानी वारे स्पष्टोक्ति
2024-07-27 17:43:46cri
Share with:

जुलाई २७ तारिख बिहान फिलिपिन्सले रेनआइ रिफमा "समुद्र तटमा रोकिएका" युद्धपोतहरूलाई आपूर्ति प्रदान गरेको छ। यसप्रति चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ताले पत्रकारको सम्बन्धित प्रश्नको जवाफ दिनु भएको छ। प्रवक्ताका अनुसार चीन र फिलिपिन्सबीच रेनई रिफको अवस्थालाई नियन्त्रण गर्ने गरी भएको अस्थायी व्यवस्थाअनुसार र चिनियाँ तटरक्षकको पूर्ण निगरानीमा फिलिपिन्सले दैनिक उपभोग्य वस्तुको आपूर्तिको एक चरण सञ्चालन गरेको छ। चिनियाँ पक्षले साइटमा कार्गो मानवीय आपूर्ति मात्र हो भनेर पुष्टि गरेपछि यस ढुवानी जारी गरेको हो।

 

रेनआइ रिफ मामिलामा चीनको अडान परिवर्तन भएको छैन। रेनआइ रिफ लगायत नान्शा टापुहरूमा चीनको सार्वभौमसत्ता छ। साथै चीनले फिलिपिन्ससँग वार्ता र परामर्शको माध्यमबाट सम्बन्धित क्षेत्रीय मुद्दाहरू र सामुद्रिक अधिकारसम्बन्धी विवादहरूलाई उचित रूपमा समाधान गर्ने नीतिलाई जारी राख्नेछ।