हान चङद्वारा पेरिस ओलम्पिक खेलकुदको उद्घाटन समारोहमा भाग लिनुका साथै फ्रान्सका राष्ट्रपतिसँग भेटवार्ता
2024-07-27 20:36:53cri
Share with:

स्थानीय समयअनुसार जुलाई २६ तारिख दिउँसो फ्रान्समा आयोजना भइरहेको पेरिस ओलम्पिक खेलकुदको उद्घाटन समारोहमा चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङका विशेष प्रतिनिधि एवम् चिनियाँ उपराष्ट्राध्यक्ष हान चङले फ्रान्सको इलिसी दरबारमा फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रोनसँग सौहार्दपूर्ण भेटवार्ता गर्नुभएको छ।

 

सो अवसरमा हान चङले राष्ट्राध्यक्ष सी चिन फिङ र उहाँकी पत्नीको तर्फबाट फ्रान्सका राष्ट्रपति म्याक्रोन र उहाँकी पत्नीलाई हार्दिक अभिवादन गर्दै भन्नुभयो: "पेरिस ओलम्पिक खेलकुदको उद्घाटन समारोहमा सहभागी हुन पाउँदा म धेरै खुसी छु। यस वर्षको मे महिनामा राष्ट्राध्यक्ष सी चिनफिङको फ्रान्सको राजकीय भ्रमणले चीन-फ्रान्स मित्रताको विशिष्टता र उच्च स्तरको प्रदर्शन गरेको छ र यसले चीन-युरोपीय संघ सम्बन्धको स्थिर विकास र विश्व शान्ति र स्थिरताको लागि ठूलो महत्त्व राखेको छ। "

 

म्याक्रोनले हान चङलाई राष्ट्राध्यक्ष सी चिनफिङ र उहाँकी पत्नी फङ लियुआनलाई हार्दिक अभिवादन सुनाइदिन आग्रह गर्नुभयो र फ्रान्समा पेरिस ओलम्पिक खेलकुदको उद्घाटन समारोहमा राष्ट्राध्यक्ष सी चिनफिङको विशेष प्रतिनिधिका रूपमा उपस्थित हुनुभएका हान चङलाई धन्यवाद र स्वागत गर्नुभयो। म्याक्रोनले भन्नुभयो: “मैले यस वर्ष मे महिनामा राष्ट्राध्यक्ष सी चिनफिङसँग मैत्रीपूर्ण वार्ता गरेको थिएँ र राष्ट्राध्यक्ष सी चिनफिङको फ्रान्सको भ्रमण निकै सफल रह्यो। "

 

सोही राति हान चङ पेरिसमा ३३औं ग्रीष्मकालीन ओलम्पिकको उद्घाटन समारोहमा सहभागी हुनु भएको छ। उद्घाटन समारोहअघि हान चङले चिनियाँ खेलकुद प्रतिनिधिमण्डलका खेलाडी, प्रशिक्षक र कर्मचारीहरूलाई भेट्न पेरिस ओलम्पिक गाउँको विशेष भ्रमण गर्नुका साथै महासचिव सी चिनफिङ र पार्टी केन्द्रीय समितिको तर्फबाट हार्दिक बधाई र शुभकामना व्यक्त गर्नुभएको थियो।