लाओस,श्रीलंका,इन्डोनेसियामा "नयाँ युगमा चीनको सुधारको गहनतामा विश्वका लागि अवसर" विश्वव्यापी संवाद कार्यक्रम
2024-07-27 16:06:57cri
Share with:

हाल चाइन मिडिया ग्रुपको मुख्य संयोजनमा "नयाँ युगमा चीनको सुधारको गहनतामा विश्वका लागि अवसर" विश्वव्यापी संवाद कार्यक्रम लाओस,श्रीलंका,इन्डोनेसिया गरी तीन राष्ट्रहरुमा सफलता साथ आयोजना भएका छन्। श्रीलंकाको कम्युनिष्ट पार्टीका महासचिव वीरसिंह,लाओसका लित केन्द्रीय समितिका उपसचिव थोङचान फुमिफान लगायत राजनीतिज्ञ,शैक्षिक विज्ञहरु,युवा प्रतिनिधिहरुले चिनियाँ कम्युनिष्ट पार्टीको बीसौँ केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकद्वारा एसियाका विभिन्न मुलुकहरुमा ल्याएको गहन भावार्थ,चीनको चौतर्फी गहन सुधारद्वारा विश्वका लागि नयाँ अवसर सिर्जना गर्ने आदि विषयहरुबारे गहिरो आदानप्रदान गरेका छन्।