सीएमजी र मेडिबो बीच सम्झौता
2024-07-28 16:34:49cri
Share with:

स्थानीय समय जुलाई २७ तारिख बार्सिलोनामा चाइना मिडिया ग्रुप र स्पेनिस मेडकास्ट समूह मेडिबोबीचमा आपसी सहयोग सम्झौतामा हस्ताक्षर गरेका छन्। दुई पक्षले मिडिया स्रोतको साझेदारी, श्रव्य दृश्य कार्यक्रम उत्पादन र नयाँ प्रविधिको नवीन प्रयोग जस्ता क्षेत्रमा सहयोगका लागि सम्झौता गरेका हुन्। चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको प्रचार विभागका उपमन्त्री तथा चाइना मिडिया ग्रुपका महा निर्देशक शन हाइस्योङ र मेडिबो समूहका अध्यक्ष बेनेटले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको छ।

सहयोग आदानप्रदान सम्झौता अनुसार दुवै पक्षले विश्वव्यापी स्तरमा सहकार्य गर्ने, सञ्चारमाध्यमका उपकरण र प्राविधिक स्रोत आदानप्रदान गर्ने, व्यावसायिक आदानप्रदान गर्ने, समाचार, टिभी शृङ्खला, वृत्तचित्र, विशेष कार्यक्रम आदिको संयुक्त निर्माण तथा प्रसारण गर्ने, खेलकुद क्षेत्रमा सहकार्यलाई मजबुत बनाइनेछ ।

मेडिबो समूहको स्थापना सन् १९९४ मा भएको थियो र यसको मुख्यालय स्पेनको बार्सिलोनामा छ। यसका विश्वका धेरै ठाउँहरूमा शाखाहरू छन् र यो युरोपको सबैभन्दा प्रभावशाली मिडिया समूहहरू मध्ये एक हो।