स्थानीय समय जुलाई २७ तारिख चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्युरोका सदस्य एबम् परराष्ट्र मन्त्री वाङ यीले भेन्टियानमा आयोजना भएको पूर्वी एशिया सहयोग शृङ्खला मन्त्रीस्तरीय बैठकमा भाग लिँदै दक्षिण चिनियाँ सागर समस्याबारे चीनको अडानको व्याख्या गर्नुभएको छ। उहाँका अनुसार चीनले दक्षिण चिनियाँ सागरमा लिएको क्षेत्रीय सार्वभौमिकता र समुद्री अधिकार सम्पूर्ण रुपमा इतिहास र कानुनमा आधारित छन्। रनआइ चट्टान चीनको भूभाग हो। फिलिपन्सले युद्धपोतलाई अबैध रुपमा समुद्रतटमा रोकेकाले एकपक्षीय रुपमा यहाँको परिस्थिति परिवर्तन भएको छ। जसले गम्भीर रुपमा दक्षिण चिनियाँ सागर सम्बन्धी विभिन्न पक्षको कार्यवाही घोषणा र चीनसमक्ष धेरै पटक गरिएको बचनबद्धतालाई उल्लङघन गरेको छ। दक्षिण चिनियाँ सागर विश्वको सबभन्दा सुरक्षित स्वतन्त्र समुद्री ढुवानी मार्गहरुमध्ये एक हो। यस क्षेत्रको शान्ति र स्थिरतालाई बाधा पुर्याउने केही विदेशी मुलुक नै दक्षिण चिनियाँ सागरको शान्तिका लागि सबैभन्दा ठूलो विनाशकारी कारक हुन्।