स्थानीय समय जुलाई २७ तारिख चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्युरो सदस्य एबम् परराष्ट्र मन्त्री वाङ यीले भेन्टियानमा अमेरिकी विदेशी मन्त्री एन्टोनी ब्लिङकेनसँग भेटवार्ता गर्नुभएको छ। सो अवसरमा दुबै पक्षहरुले चीन र अमेरिकाबीचको सम्बन्धबारे बैचारिक आदानप्रदान गर्नुका साथै विभिन्न प्रकारका सम्पर्कलाई कायम राख्दै जाने कुरामा सहमति जनाएका छन्।
चिनियाँ परराष्ट्र मन्त्री वाङ यीले जोड दिनुभएअनुसार बिगत तीन महिनामा दुबै राष्ट्रहरुले कूटनीति,आर्थिक,कानुन कार्यान्वयन,जलवायु परिवर्तन आदि क्षेत्रका आदानप्रदानलाई बढाएका छन्। तापनि अमेरिकाले चीनमाथि समस्या खडा गर्ने पाइला बन्द गरेको छैन। दुबै पक्षबीचको सम्बन्धका सामु देखापरेको जोखिम र चुनौति निरन्तर बढ्दै छ। यसमा हस्तक्षेप हटाएर सहयोगलाई प्रवर्द्धन गर्नु आवश्यक छ।
अमेरिकी विदेश मन्त्री ब्लिङकनका अनुसार अमेरिकाले चीनसँगको सम्बन्धलाई स्थिर बनाउन सक्रिय प्रयास गरिरहेको छ। एक चीनको नीति कायम राख्ने अमेरिकाले चीनसँग स्थायी सम्पर्क राख्दै कृत्रिम बुद्धिमत्ता प्रविधि आदि क्षेत्रको सहयोगलाई विकास गर्ने अपेक्षा लिएको छ।