जुलाई २९ तारिख, स्थानीय समय अनुसार, चाइना मिडिया ग्रूप र संयुक्त राष्ट्र संघीय पर्यटन संगठनले स्पेनको म्याड्रिडमा सहयोगसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेका छन्। सो समझदारी पत्रमा सांस्कृतिक पर्यटन समाचार रिपोर्टिङ, पर्यटन ब्रान्ड प्रवर्द्धन, मिडिया कार्यक्रमहरूको आयोजना लगायतका क्षेत्रहरुमा सहयोग गर्ने सहमति भएको छ। सीपीसी केन्द्रीय समितिको प्रचार विभागका उपनिर्देशक तथा चाइना मिडिया ग्रुपका महानिर्देशक शन हाइस्योङ र संयुक्त राष्ट्रसंघीय पर्यटन संगठनका कार्यकारी निर्देशक उरोशेभिचले सहयोगसम्बन्धी समझदारी पत्रको आदानप्रदान कार्यक्रममा भाग लिनुभएको छ। स्पेनका लागि चिनियाँ राजदूत याओ चिङ पनि उक्त कार्यक्रममा सहभागी हुनुभयो।
समझदारीपत्र बमोजिम, 'दुवै पक्षले भविष्यमा हुने सहकार्यमा आर्थिक, सामाजिक र सांस्कृतिक विकास प्रवर्द्धन गर्ने क्षेत्रमा पर्यटन र सञ्चारको भूमिकालाई उजागर गर्ने, स्रोत साधनको बाँडफाँड गर्ने र एकअर्काका फाइदाका परिपूरक हुने, समाचार सामग्री उत्पादन, पर्यटन सूचना सम्प्रेषण र उच्च गुणस्तरीय कार्यक्रम उत्पादनमा समन्वयलाई व्यापक रुपमा सुदृढ गर्ने छन्। विश्व पर्यटनको समृद्धि र विकास प्रवर्द्धन गर्न तथा मानव सभ्यताबीच पारस्परिक सिकाइ प्रवर्द्धन गर्न सकारात्मक योगदान पुर्याउने आशा गरिएको छ।
सन् १९७५ को जनवरीमा स्थापित संयुक्त राष्ट्र पर्यटन संगठन (यूएनडब्ल्यूटीओ) को मुख्यालय स्पेनको म्याड्रिडमा रहेको छ जसको जिम्मेवारी संयुक्त राष्ट्रसंघको पर्यटनको प्रचार र विकास रहेको छ। सो संगठनमा १६० सदस्य राष्ट्रहरू र ५०० भन्दा बढी सम्बद्ध सदस्यहरू छन्।