जुलाई २९ मा चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता लिन च्यानले नियमित पत्रकार सम्मेलनमा पत्रकारद्वारा सोधिएको ब्रिक्स सहयोग संयन्त्रमा सामेल हुन मलेसियाले गरेको आवेदनबारे प्रश्नको जवाफ दिनुभएको छ।
प्रवक्ता लिनले ब्रिक्स संयन्त्रको बारेमा चर्चा गर्दै ब्रिक्स संयन्त्रको विकास र वृद्धि समयको प्रवृत्तिअनुरूप र विभिन्न देशहरूको हितअनुरूप रहेको बताउनुभयो। यसबाट विश्वको बहुध्रुवीकरण र अन्तर्राष्ट्रिय सम्बन्धको लोकतान्त्रिकरणमा बलियो गति प्रदान गर्ने भन्दै उहाँले यसै कारणले मलेसियालगायत धेरैभन्दा धेरै उदीयमान बजार र विकासोन्मुख देशहरूले ब्रिक्समा ध्यान दिइरहेका, ब्रिक्ससँग पहिचान गरिरहेका र ब्रिक्समा सामेल हुने आशा गरिरहेका बताउनुभयो।
प्रवक्ता लिनले भन्नुभयोः ब्रिक्स सदस्यहरूले सँधै विभिन्न पक्षहरूको अपेक्षाहरूलाई इमानदार दृष्टिकोणका साथ प्रतिक्रिया दिने गरेका छन् र व्यावहारिक कार्यहरूको साथ सान्दर्भिक प्रक्रियालाई अघि बढाइरहेका छन्। ब्रिक्स सहकार्यमा भाग लिन र अझ न्यायपूर्ण र समतामूलक अन्तर्राष्ट्रिय व्यवस्थाको विकासलाई संयुक्त रूपमा प्रवर्द्धन गर्न समान विचार भएका थप साझेदारहरूलाई स्वागत छ।