छोङ छिङको मीठो खाना र छोङ छिङबासीहरूको मिलनसारितामा घुलेपछि, ब्रूनोले चाँडै नै चीनमा आफ्नो व्यवसाय सुरु गर्ने निर्णय गरेका थिए। बहुवर्षीय अन्तर्राष्ट्रिय परियोजनाहरूको अनुभव सँगाल्दै, अहिले उनी नान छोङस्थित चीन-फ्रान्स कृषि विज्ञान तथा प्रविधि पार्कका उद्यम सहकार्यका जिम्मेवार व्यक्ति हुन्। उनी मुख्य रूपमा चिनियाँ कम्पनीहरूलाई उन्नत कृषि प्रविधि ल्याउन मद्दत गर्ने र कृषि विकासमा सहयोग पुर्याउने कार्यको नेतृत्व गर्छन्। हाल, चीन-फ्रान्स कृषि विज्ञान तथा प्रविधि पार्कमा रहेको स्मार्ट गोलभेडा हरितगृहले नयाँ प्रविधिको प्रयोगसँगै उत्पादन र गुणस्तरमा दुवैमा सुधार ल्याएको छ। उनले भने,
"यस स्मार्ट गोलभेडा हरितगृहमा, एक किसिमको नयाँ प्रविधिले डिजिटल व्यवस्थापन र स्मार्ट रिमोट कन्ट्रोल पनि गर्न सक्छ, जसले गर्दा गोलभेडाको गुणस्तर र उत्पादनमा धेरै सुधार भएको छ। यहाँका गोलभेडा स्वादमा मीठो मात्र छैन, हामी बजारको माग अनुसार पनि गोलभेडा उत्पादन गर्न सक्छौँ। हाल परम्परागत खेती पद्धतिको तुलनामा कुल उत्पादन ८ गुणाले बढेको छ।"
कृषि ब्रूनोले चीन-फ्रान्स सहकार्यलाई अगाडि बढाउने क्षेत्रहरू मध्येको एउटा मात्र हो, चीन -फ्रान्स सांस्कृतिक आदान-प्रदानमा पनि उनले आफ्नातर्फबाट योगदान पुर्याइरहेका छन्। सन् २०२१ डिसेम्बरमा, स छ्वानको च कोङबाट आएका ४० भन्दा बढी समूहका रङ्गीन दीपहरूबाट फ्रान्सको ब्लान्याकमा प्रकाश गतिविधिको आयोजना गरिएको थियो, जसले धेरै फ्रान्सेली नागरिकहरूलाई आकर्षित गरेको थियो। अहिले च कोङको दीप मेला पेरिस, मोन्टबाउ, गायक र निस लगायत फ्रान्सका धेरै शहरहरूमा प्रदर्शन गरिन्छ। ब्रूनो र उनको समूहले पनि यस अन्तर्राष्ट्रिय सांस्कृतिक प्रसारमा भाग लिएर धेरै फ्रान्सेली नागरिकहरूलाई चीनको परम्परागत संस्कृति अनुभव गराउन कोशिश गरेका छन्। उनले भने,
"फ्रान्सको गायकमा आयोजित पहिलो दीप मेलाले एक महिनामा ६ लाख मानिसहरूलाई आकर्षित गर्यो, टिकटको मूल्य १८ यूरो थियो। मेलामा स छ्वानको कागज कटनी, क्वै चौको रक्सी र चिनियाँ चिया संस्कृति पनि प्रदर्शन गरिएको थियो। फ्रान्सेलीहरूले चिनियाँ चिया धेरै मन पराउँछन् तपाईँलाई थाहा नै होला। यस प्रकारका कार्यक्रमहरूकालागि चीनले हरेकपटक करिब दुई सय लाइट कलाकारहरूलाई फ्रान्समा स्थलगत रूपमा दीप मेलाको स्थापना गर्न पठाउँछन्। यो अन्तर्राष्ट्रिय आदान-प्रदानको लागि एक धेरै राम्रो तरिका हो।"
ब्रूनोले देखेका छन् कि पछिल्ला केही वर्षहरूमा चीनको नयाँ ऊर्जा वाहन उद्योग द्रुत गतिले विकास भएको छ र यसले अन्तर्राष्ट्रिय बजारमा पनि धेरै विशेषज्ञहरूको मान्यता प्राप्त गरेको छ। ब्रूनोको विचारमा, आजको दिनमा जलवायु परिवर्तन विश्वको साझा चुनौती बनेकोले नयाँ ऊर्जा उद्योगको विकासले विश्वव्यापी हरित-प्रविधि रूपान्तरणलाई सहयोग पुर्याउन सक्छ। चीनको नयाँ ऊर्जा उद्योगको विकासले सम्बन्धित क्षेत्रमा अन्तर्राष्ट्रिय सहकार्यको लागि अवसरहरू पनि प्रदान गरेको छ। उनले भने,
"अहिले विद्युत् वाहन नयाँ ऊर्जा प्रविधि हामी सबैको चासोको विषय हो। मैले अगाडि गर्ने कार्यहरूमध्येको एक भनेको मेरो अनुभवलाई प्रयोग गरेर चीनलाई राम्रो सहकार्य कम्पनीहरू र स्थानहरू खोज्न सहयोग गर्नु हो।"