सी चिन फिङद्वारा सेवानिवृत्त सैनिक कार्यबारेमा महत्त्वपूर्ण निर्देशन
2024-07-29 15:42:47cri
Share with:

चिनियाँ राष्ट्रिय सेवानिवृत्त सैनिक कार्य सम्मेलन जुलाई २९ तारिख पैचिङमा सम्पन्न भयो। चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव, चीनका राष्ट्राध्यक्ष एवं केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चिन फिङले सेवानिवृत्त सैनिक कार्यबारेमा महत्त्वपूर्ण निर्देशन दिनुभएको छ। उहाँले उत्कृष्ट सैनिक विभाग र व्यक्तिहरूलाई न्यानो बधाई व्यक्त गर्नुका साथै सेवानिवृत्त सैनिक कार्यका कर्मचारीहरूलाई हार्दिक शुभकामना व्यक्त गर्नुभयो।

 

सो सम्मेलनमा सी चिन फिङले सेवानिवृत्त सैनिकहरू पार्टी र राष्ट्रको बहुमूल्य सम्पत्ति र चिनियाँ आधुनिकीकरणलाई प्रवर्द्धन गर्ने महत्त्वपूर्ण शक्ति भएको कुरामा जोड दिनुभयो। सेवानिवृत्त सैनिकहरूसित सम्बन्धित पुनर्वास, सेवा, शिक्षा, अधिकार र हित सुनिश्चित गर्न आवश्यक रहेको कुरा पनि उहाँले औंल्याउनुभयो।