अरब लीग र चाइना मिडिया ग्रूपबीच सहयोग सम्झौता सम्पन्न
2024-07-30 19:28:19cri
Share with:

जुलाई ३० तारिख, अरब लीगका महासचिव अहमद अब्दुल गेइटले इजिप्टको कायरोमा त्यहाँको भ्रमणमा रहनुभएका चाइना मिडिया ग्रूपका महानिर्देशक शन हाइस्योङसँग भेटघाट गर्नुभएको छ। सो अवधिमा दुवै पक्षले संस्कृति, खेलकुद, मिडिया सहयोग र मानव आदानप्रदानका विषयमा गहन रुपमा वैचारिक आदानप्रदान गर्नुका साथै सहयोग समझदारी पत्रमा हस्ताक्षर गर्नुभएको छ। सो अवसरमा इजिप्टका लागि चिनियाँ राजदूत ल्याउ लिछ्याङ सहभागी हुनुभएको छ।

हस्ताक्षरित सहयोग सम्झौता अनुसार, दुई पक्षले कागजात र अभिलेखहरूको स्थापना, आदानप्रदान र डिजिटलाइजेशन, मिडिया सामग्रीको संयुक्त उत्पादन, मिडिया प्रविधिको नवीनता र अनुसन्धान एवम् विकास र कर्मचारी भ्रमणको आदानप्रदान लगायतका क्षेत्रहरुमा सहयोग गर्नेछन्। साथै, दुवै पक्षले चीन-अरबेली मुलुक सहयोग मञ्च स्थापना भएको २०औँ वार्षिकोत्सवको मौका पारेर संयुक्त रूपमा वृत्तचित्र निर्माण र विमोचन गर्नेछन्। सो वृत्तचित्रमा विगत २० वर्षमा चीन-अरबेली मुलुक सहयोग मञ्चका महत्वपूर्ण ऐतिहासिक क्षणहरूको सिंहावलोकनका साथै विगतका सहयोगका उपलब्धिहरू देखाउँदै भावी विकासको सम्भावनाको प्रतीक्षा गर्ने योजना गरिएको छ। सन् २०२६मा आयोजना हुने दोस्रो चीन-अरबेली मुलुक शिखर सम्मेलनको क्रममा सो वृत्तचित्रको अनलाइन प्रसारण हुनेछ।

सोही दिन, गेइटले  "चीन-अरब मैत्री दूत" प्रमाणपत्र चाइना मिडिया ग्रूपलाई प्रदान गर्नुभएको छ।

सन् १९४५को मार्चमा स्थापित अरब लीगको मुख्यालय इजिप्टको कायरोमा रहेको छ।  अरबेली मुलुकहरुमाझ यो सबैभन्दा बढी प्रतिनिधित्व गर्ने र प्रभावशाली संगठन हो। साथै यो नै विश्वमा सबैभन्दा पुरानो क्षेत्रीय संगठनहरूमध्येको एक पनि हो। हालसम्म अरब लीगका २२ सदस्य राष्ट्र छन्।