चिनियाँ कम्युनिष्ट पार्टीको १८ औँ राष्ट्रिय महाधिवेशनयता चीनको वैदेशिक व्यापार प्रतिवर्ष लगभग १६ खर्ब चिनियाँ युआनले बृद्धि भएको देखिन्छ। त्यो संख्या एक मझौला मुलुकको वर्षेनी आयात-निर्यातको कुल रकम बराबर रहेको छ। यसका अतिरिक्त चीनको मालसामानको कुल व्यापारिक रकम लगातार ७ वर्षसम्म विश्वको पहिलो स्थानमा रहँदै आएकाले १५० भन्दा बढी मुलुक र क्षेत्रका लागि मुख्य व्यापारिक साझेदार बन्नुका साथै वैदेशिक व्यापारिक व्यवसायको संख्याले सन् २०१२ को तुलनामा लगभग सतप्रतिशतले बृद्धि भएको छ। ती अङ्कहरूबाट के प्रमाणित गरेको छ भने चिनियाँ कम्युनिष्ट पार्टीको १८ औँ राष्ट्रिय महाधिवेशनयता चीनको वैदेशिक व्यापारको परिधि झन् ठूलो रहेको, बनौट झन् उत्कृष्ट रहेको र जिवन्त शक्ति झन् बलियो रहेको देखिन्छ।
चीनको राज्य परिषद्को प्रेस कार्यालयले जुलाई ३० तारिख उच्च गुणस्तरीय विकास प्रबर्द्धन मुख्य विषयक पत्रकार सम्मेलनको आयोजना गरेको छ। सो सम्मेलनमा भन्सार मुख्यालयका जिम्मेवार व्यक्तिले उक्त जानकारी दिनुभएको हो।