तिब्बतमा व्यवसाय सुरु गर्न तिब्बतको आकर्षण के हो?
2024-07-30 16:55:32cri
Share with:

हाल “विश्व दृष्टिकोण”का टिप्पणीकारले हाल तिब्बतको ल्हासा, निङ्ची लगायत क्षेत्रको भ्रमण गर्दै थुप्रै युवाहरूलाई भेटेका छन्। तिनीहरूमध्ये कोही तिब्बतमा जन्मेका हुन् भने केहीले तिब्बतमा विकास हुने मौका अपनाएका छन्। उनीहरू हिमाली पठारभूमिमा उद्यमशील युवाप्रतिनिधि बनेका छन्।

व्यवसाय सुरु गर्न तिब्बतले के कारणले तिनीहरूलाई आकर्षित गरेको छ? सर्वप्रथम स्थानीय अर्थतन्त्रको तीव्र विकास हो। विगतमा, तिब्बत चीनमा गरिबी दर तथा गरिबी निवारण लागत सबैभन्दा बढी र गरिबीमुक्त हुने सबैभन्दा गाह्रो क्षेत्र मानिन्थ्यो।

केही वर्षदेखि केन्द्रिय सरकारको सहयोगमा, तिब्बतले  नयाँ तथा विशेषतायुक्त सांस्कृतिक र पर्यटकीय औद्योगिक प्रणाली, उच्च दक्षता भएको कृषि विज्ञान-प्रविधि पार्क र उच्च उत्पादन हुने औद्योगिक आधारको विकास गर्दैआएको छ। सन् २०१९ को अन्त्यमा तिब्बतले ऐतिहासिक रूपमा निरपेक्ष गरिबीको उन्मूलन गरेको छ। सन् २०२१ मा तिब्बत र चीनका अन्य भागले सँगसँगै पूर्ण समृद्ध समाजको निर्माण पूरा गरेको छ। चालु वर्षको पूर्वार्धमा तिब्बतको क्षेत्रीय जीडीपी १ खर्ब १८अर्ब ९४करोड ५०लाख युआन पुगेको छ जुन गत वर्षको सोही अवधिको तुलनामा ६.१ प्रतिशतले वृद्धि भएको छ। यो वृद्धि गति चीनको दोस्रो स्थानमा परेको छ। यी डाटाहरूबाट तिब्बतको तीव्र विकासको पुष्टि गरिएको छ। यो झन् झन् बढी युवाहरूलाई तिब्बतमा व्यवसाय सुरु गर्न आकर्षित गर्ने मुख्य शक्ति बनेको छ।

साथै, तिब्बत सरकारले पनि नीतिगत समर्थन दिएको छ। प्राप्त जानकारीअनुसार, स्थानीय सरकारले उद्यमशीलता तथा रोजगार समर्थन कोषको स्थापना गरेको छ। विभिन्न क्षेत्रमा युवा नवीनता तथा उद्यमशीलता प्रतियोगिता सञ्चालन गर्न प्रोत्साहन गरेको छ, नवीनता तथा उद्यमशीलता सेवा केन्द्रको स्थापना गरेको छ र उद्यमशीलताका लागि प्रत्याभूत ऋणको रकम बढाउने धेरै कदम चालेको छ। तिब्बती युवा नवीनता र उद्यमशीलतालाई सहयोग गर्नका लागि तिब्बत सरकारले “तिब्बत स्वायत्त प्रदेशको मध्यम तथा दीर्घकालीन युवा विकास योजना (सन् २०१८–२०२५) ” पनि बनाएको छ । यी नीतिहरूले व्यवसाय सुरु गर्न तिब्बतका युवाहरूको विश्वासलाई बलियो बनाएको छ।

यसबाहेक, तिब्बतको सांस्कृतिक संरक्षणले पनि धेरै युवा उद्यमीहरूलाई आध्यात्मिक समर्थन दिएको छ।

चीनमा यस्तो पुरानो उखान छ, “ सयौं पटक सुन्नुभन्दा देख्नु अझै उपयोगी हो”। तिब्बती युवाहरूको कथाबाट मानिसको सुख सबैभन्दा ठूलो मानव अधिकार हो र तिब्बत नवीनता र उद्यमशीलताको लागि उर्वर भूमि हो भन्ने कुरा स्पष्ट पारिएको छ। चीनले चौतर्फी रूपमा सुधारलाई अझ गहिरो बनाउनुका साथ नयाँ गुणस्तरीय उत्पादित शक्ति अझ बढ्ने र जसले तिब्बतको उच्च गुणस्तरीय विकासमा नयाँ जीवनशक्ति थप्नेछ।